नेपालको शहर–बजारका सार्वजनिक शौचालयको अवस्था हेर्दा भित्र पस्नै नसकिने खालको हुन्छ, फोहोर र दुर्गन्धले सास फेर्न नै मुस्किल पर्छ ।
सार्वजनिक शौचालयको खराब अवस्थालाई पनि सुधार्न सकिन्छ भन्ने उदाहरण प्रस्तुत गरेका छन् प्रकाश अमात्यले ।
प्रकाश अमात्य सार्वजनिक शौचालयका अभियान्ता हुन्, उनको मेहनतले अहिले काठमाडौंका चार स्थानमा स्मार्ट शौचालय सञ्चालनमा रहेका छन् । जसमा प्रमुख रूपले स्वयम्भु, नयाँ बानेश्वर र मंगलबजारमा शौचालय निरन्तर सञ्चालन भइरहेको छ भने पाटनमा धमाधम निर्माण कार्य भइरहेको छ ।
त्यसमध्येकै एक स्वयम्भुको स्मार्ट शौचालय पुग्दा वाह भन्ने खालको देखियो । यस्तो पो शौचालय ! जहाँ स्वचालित धारा, फ्लस, स्वास्थ्यमैत्री प्यान, प्राकृतिक झ्याल, जहाँ न कुनै दुर्गन्ध आउँछ, न फोहोरको टुक्रो देखिन्छ ।
सार्वजनिक शौचालयमा प्रयोग भएको सबै चिज यहीँ नै रि–साइकल भएर पुनः प्रयोग हुने गरेको अमात्यले बताए । उनका अनुसार शौचालय महिलामैत्री बनाइएका छन् भने पानी प्रयोगका लागि पर्याप्त व्यवस्था गरिएको छ ।
यी सार्वजनिक शौचालयमा जम्मा हुने मलमूत्रलाई आधुनिक प्रविधिबाट प्रशोधन गरेर बायोग्यास तथा मल उत्पादन गर्ने गरिएको छ ।
स्मार्ट सार्वजनिक शौचालयमा नियमित सरसफाइ, आधुनिक प्रविधिको प्रयोग, महिला–अपाङ्गमैत्री रहेको अमात्य बताउँछन् ।
बाँकी भिडियोमा हेर्नुस् –
विश्वास खनाल
खनाल लोकान्तरका मल्टिमिडिया संवाददाता हुन् ।