अर्घाखाँची सिमेन्टद्धारा निर्माण विज्ञ भेटघाट तथा अन्तक्रिया कार्यक्रम सम्पन्न

अर्घाखाँची सिमेन्टद्धारा निर्माण विज्ञ भेटघाट तथा अन्तक्रिया कार्यक्रम सम्पन्न

नेपालकै सबैभन्दा ठूलो र उत्कृष्टमध्येको एक अर्घाखाँची सिमेन्ट प्रा. ली.ले शनिवार कपनको फैकामा निर्माण विज्ञ तथा ब्यवसायी भेटघाट तथा अन्तक्र्रिया कार्यक्रमको आयोजना गरेको छ । 


Advertisement

कम्पनीले आफ्नाे ग्राहक तथा उपभोक्ता, डिलर तथा निर्माण विज्ञहरुलाई उपल्लो प्राथमिकतामा राखेको बताउँदै स्थानीयस्तरमा घर तथा आवासहरूको निर्माणमा योगदान गरिरहेका निर्माण व्यवसायीहरुसँगको सम्बन्धलाई थप मजबुत बनाउने उदेश्य राखी उक्त कार्यक्रमको आयोजना गरेको हो । 


Advertisement

जम्मा ८० जना निर्माण विज्ञ तथा व्यवसायीहरुको उपस्थिती रहेको उक्त कार्यक्रममा अर्घाखाँची सिमेन्ट र श्री स्टिलसम्बन्धी प्रस्तुतीकरण दिइनुको साथै सुरक्षित आवास निर्माण सम्बन्धमा तालिम तथा अन्तक्रिर्याको संचालन गरिएको हो । 

कार्यक्रमलाई सम्बोधन गर्दै अर्घाखाँची सिमेन्ट तथा श्री स्टिलका प्रमुख कार्यकारी अधिकृत उमेश बरालले कोभिडपछिको अर्थतन्त्रलाई मजबुत बनाउनको लागि निर्माण क्षेत्रको उल्लेखनीय भूमिका हुने बताउँदै निर्माण व्यवसायीहरुलाई सो अभियानमा सघाउन आग्रह गरे । 


Advertisement

“मानिसले घर बनाउँदा आफू र आफ्नो परिवारको सुरक्षालाई केन्द्रमा राख्ने हुनाले उपयुक्त तथा गुणस्तरीय निर्माण सामाग्रीको चयनमा निर्माण व्यवसायीहरुले ध्यान दिन आवश्यक छ,” उनले बताए । 

आधिकारीक बिक्रेताहरूको प्रतिनिधित्व गर्दै जय शम्भु निर्माण सेवा (हार्डवेयर)का संचालक रामचन्द्र श्रेष्ठले आफूले वर्षौंदेखि अर्घाखाँची सिमेन्टको बिक्रीवितरण गर्दै आइरहेको र हालसम्म उपभोक्ताबाट सो उत्पादनबारे कुनै पनि गुनासो नआएको जानकारी दिए । “मैले बिक्री गर्ने सिमेन्टमध्ये अर्घाखाँची सिमेन्ट नै सबैभन्दा स्तरिय सिमेन्ट हो । त्यसैले तपाई“ निर्माण व्यवसायीहरुलाई घर बनाउ“दा सोही सिमेन्टको प्रयोग गर्न म अनुरोध गर्दछु,” उनले भने । 
कम्पनीले कार्यक्रममा लक्की ड्रमार्फत तीनजना भाग्यशाली निर्माण व्यवसायीहरुलाई  आकर्षक उपहारहरूको बितरण गरेको थियो । 

यसैगरी गत साता अर्घाखाँची सिमेन्टले काठमाडौंंको पेप्सीकोला र ललितपुरको महालक्ष्मीस्थानमा पनि सोही प्रकारको कार्यक्रमको आयोजना गरेको थियो । 

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्