१० असार २०८३, बुधबार

चोर्न जाँदा रेलिङमा टाउको फसेपछि...

चैत ८, २०७७
चोर्न जाँदा रेलिङमा टाउको फसेपछि...

मेक्सिकोमा चोरीको अनौठो घटना सार्वजनिक भएको छ । 

एउटा घरमा चोर्न गएको चोर भित्र जाँदै गर्दा उसको शिर रेलिङमा फसेको थियो । तीन घन्टासम्म चोर रेलिङमै अड्किएको थियो । 

रेलिङबाट निस्कनका लागि उसले धेरै बेर कोशिश गरेको भए पनि सकेन । वरपरका मानिसले उसको गतिविधि देखेपछि प्रहरीलाई खबर गरे । प्रहरीले फलाम काट्ने औजार ल्याएर रेलिङ काटेको थियो । 

उसको एक हात र टाउको रेलिङमा नराम्ररी फसेको थियो । शरीर तुर्लुंग झुण्डिएको थियो । 

प्रहरीले रेलिङबाट निकालेर चोरलाई हत्कडी लगाएको थियो । 

salt training

कमेन्ट गर्नुहोस्