०७ असार २०८३, आइतबार

४२ वर्षको हुँदा जनयुद्धको नेतृत्व गरेको थिएँ, म त बाँचुञ्जेल लड्ने नै भएँ– प्रचण्ड

४२ वर्षको हुँदा जनयुद्धको नेतृत्व गरेको थिएँ, म त बाँचुञ्जेल लड्ने नै भएँ– प्रचण्ड
फाइल फोटो

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संविधान कार्यान्वयन गर्न नदिन ठूलो षडयन्त्र भइरहेको दाबी गर्दै त्यसका विरुद्ध आफूले जीवनभर संघर्ष गर्ने बताएका छन् । 

धूलोमैलो टक्टक्याएर आन्दोलनका लागि आफू झनै बलियो बनेको उनको दाबी छ । ५६ औं अन्तर्राष्ट्रिय रंगभेद विरुद्धको दिवसका अवसरमा नेपाल दलित मुक्ति मोर्चाले आइतवार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा अध्यक्ष प्रचण्डले अन्यायविरुद्ध जीवनभर संघर्ष गर्ने बताएका हुन् । 

‘३६ वर्षको उमेरमा महासचिव बनेको थिएँ, जनयुद्ध गर्दा ४२ वर्षको थिएँ, ५२ वर्षमा शान्ति सम्झौता गरें । अहिले अर्को लडाईं लड्नुपर्ने भएको छ, म बाँचुञ्जेल लड्छु’ प्रचण्डले भने, ‘अन्यायविरुद्ध विद्रोह गर्नुपर्छ भन्ने सिद्धान्तमा विश्वास गर्ने भएकाले म अन्तिम समयसम्म भिडिरहन्छु । जनजाति, दलित लगायत पिछडिएका समुदायको अधिकार खोस्ने षड्यन्त्र ठूलो छ, त्यसको केन्द्रित अभिव्यक्ति संविधान कार्यान्वयन गर्न नदिने हो । जनताको अधिकार खोस्ने निर्णयविरुद्ध म त बाँचुञ्जेल लड्ने नै भएँ ।’

salt training

कमेन्ट गर्नुहोस्