११ असार २०८३, बिहीबार

काठमाडौंको ताजा मतपरिणामः एमालेका विद्यासुन्दर साढे १३ हजार मतले अगाडि

कात्तिक २०, २०७४
काठमाडौंको ताजा मतपरिणामः एमालेका विद्यासुन्दर साढे १३ हजार मतले अगाडि

काठमाडौं, १० जेठ– जारी मतगणनाको पछिल्लो परिणामअनुसार काठमाडौं महानगरपालिकाको मेयर पदका लागि नेकपा एमालेका उम्मेदवार विद्यासुन्दर शाक्य १३ हजार ४ सय १२ मतको फराकिलो अन्तरले अग्रस्थानमा छन् ।

पछिल्लो मतपरिणाम अनुसार निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका उम्मेदवार राजुराज जोशीले ३१ हजार ४ सय ९५ मत ल्याउँदा एमालेका शाक्यले ४४ हजार ९ सय ८ मत ल्याएका छन् ।

यस्तै विवेकशील नेपाल पार्टीकी उम्मेदवार रञ्जु दर्शना १६ हजार ३ सय ६४ मत ल्याएर तेस्रो स्थानमा छिन् भने साझा पार्टीका किशोर थापा १२ हजार ३ सय ६३ मत ल्याएर चौथो स्थानमा छन् ।

यसअघि नै हार स्वीकार गरिसकेका नेकपा माओवादी केन्द्रका उम्मेदवार सर्वोत्तम डंगोलले ४ हजार ९ सय ६८ मत ल्याएका छन् ।

salt training

कमेन्ट गर्नुहोस्