विभिन्न स्थानमा ५ जना मृत अवस्थामा फेला

काठमाडौंसहित विभिन्न स्थानमा ५ जना मृत अवस्थामा फेला परेका छन् । प्रहरीका अनुसार चन्द्रगिरी नगरपालिका-१५ तिनथानास्थित सडक पेटीमा हाल नाम, थर, वतन नखुलेका करिब ४० वर्षीय पुरुष आइतबार मृत अवस्थामा फेला परेका छन् ।
यसैगरी सिरहाको मिर्चैया नगरपालिका-१ स्थित पुर्व-पश्चिम राजमार्गबाट नजिक आँपको बगैँचामा हाल नाम, थर, वतन नखुलेका करिब २८ वर्षीय पुरुषको खाल्टोमा पुरिएको अवस्थामा आइतबार शव फेला परेको छ ।
तनहुँको शुक्लागण्डकी नगरपालिका-८ किमलडाँडास्थित सेती नदीको किनारमा पनि हाल नाम, थर, वतन नखुलेका करिब ४२ वर्षीय पुरुष आइतबार मृत अवस्थामा फेला परेका छन् ।
सुर्खेतको वीरेन्द्रनगर नगरपालिका-१३ काफलगैरी भीरबाट करिब १ सय ५० मिटर तल सोही नगरपालिका-१५ बस्ने ३० वर्षीय रमेश खत्री आइतबार मृत अवस्थामा फेला परेका छन् । दुई दिन अगाडि घरबाट हिँडेका उनी फर्की नआएपछि खोजी गर्ने क्रममा उनको शव फेला परेको हो ।
यसैगरी कैलालीको कैलारी गाउँपालिका-९ गदरीया बस्ने ५० वर्षीया पार्वती चौधरी राना सोही ठाउँस्थित खानेपानी ट्याङकी नजिकै आँपको बगैंचामा शनिबार मृत अवस्थामा फेला परेकी छिन् ।
यस सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको नेपाल प्रहरीको केन्द्रीय समाचार कक्षले जनाएको छ ।   

 


Advertisement

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्