०७ असार २०८३, आइतबार

माधव नेपालसहित ४ नेतालाई ३ दिने म्यादको स्पष्टीकरण पत्र

माधव नेपालसहित ४ नेतालाई ३ दिने म्यादको स्पष्टीकरण पत्र

नेकपा एमाले केन्द्रीय कमिटी बैठकको निर्णय अनुसार महासचिव ईश्वर पोखरेलले नेता माधवकुमार नेपालसहित ४ जनालाई स्पष्टीकरणपत्र लेखेका छन् ।

सोमवार नेता नेपाल, भीम रावल, सुरेन्द्र पाण्डे र घनश्याम भुसाललाई ३ दिनभित्र स्पष्टीकरण दिनुपर्ने म्यादसहित पत्र पठाइएको पार्टी केन्द्रीय कार्यालयका सचिव ईश्वरी रिजालले बताए ।

एमालेभित्र झलनाथ खनाल र माधवकुमार नेपाल समूहको अनुपस्थितिमा गत शनिवार बसेको केन्द्रीय कमिटी बैठकले गुटबन्दी गरेको आरोप लगाउँदै चारै जनालाई स्पष्टीकरण सोध्ने निर्णय गरेको थियो ।

गत फागुन २८ गते बालुवाटारमा एकलौटी बैठक राखेर विधानविपरीत निर्णय गरिएको आरोप लगाउँदै निर्णय फिर्ताको मागसहित खनाल–नेपाल समूहले छुट्टै गतिविधि सञ्चालन गरिरहेको छ ।

कमेन्ट गर्नुहोस्