×

NIC ASIA

ललितपुरका मेयरः हँसिला चिरीबाबुका रमाइला किस्सा !

कात्तिक २०, २०७४

Prabhu Bank
NTC
Premier Steels
Marvel

काठमाडौं, १० जेठ– ललितपुर महानगरपालिकाको मेयर पदको ‘चियर’ मा थोरै मत अन्तरले बस्न सफल चिरीबाबु महर्जन निकै हँसिला छन् ।

महानगरको मेयर विजेता महर्जन दुई प्रतिस्पर्धी एमालेका हरिकृष्ण व्यञ्जनकार र माओवादी केन्द्रका दिनेश महर्जन भन्दा उमेरले पनि जेठा हुन् ।

ललितपुरको पुल्चोकमा २०१४ सालमा जन्मेका चिरीबाबु आउने मंसिरमा ६० पुग्दैछ छन् तर पनि उनको अनुहारमा निराशा भन्दा आशा बढी पाइन्छ ।

सधै हँसिलो अनुहारमा भेटिने छोटो कदका चिरीबाबुको पहिचान सेतो फुलेको कपालसँगैको मुठ्ठा परेको बाक्लो जुँगा हो ।

उमेरका कारण हाँस्दा अनुहारमा मुजा पर्छन्, तर उनको अठ्ठाहास हाँसोमा मिठास रहेको उनलाई चिन्नेहरु बताउँछन् ।

उमेरले साठीको बसन्तमा रहेका चिरीबाबु हिँड्न खुबै मन पराउँछन् । बिहान मर्निङ वाक गर्न पुल्चोकबाट पाटनका शहरहरु घुम्ने चिरीबाबुले मतगणनाको समयमा पनि त्यसलाई निरन्तरता दिइरहे ।

मतगणना स्थल जावलाखेलको महिला विकास प्रतिष्ठानमा मतगणना शुरु भए देखि नै लगातार दिनरात खटिरहेका हुन्थे उनी । प्राय हाफ टिसर्ट र पाइन्टमा देखिने चिरीबाबु ढाका टोपी कहिल्यै छुटाउँदैनन् ।

जोसँग भेट्दा पनि हाँसेर बोल्ने र ठ्ट्टा गर्ने उनको बानी छ । उनी सबै उमेरका बच्चादेखि बृद्धसम्म पनि ‘जोक्स’ मार्न सिपालु छन् । मतगणनास्थलमा निरन्तर खटिरहेका चिरीबाबुलाई खटाइ बढी भएको बारे सोधिएको प्रश्नमा उनले भने ‘भार्इ (सबैलाई भाई भन्ने उनको बानी नै हो ) यो त मेरो नियमित मर्निङ वाकको आधा कुदाई मात्रै हो । म बिहान ६ बजे नै ललितपुर पुल्चोकदेखि मंगलबजार, पाटन एरियामा मर्निङ वाक गर्न हिँड्छु त्यसैले मलाई बानी छ । हिँड्न मलाई कुनै गाह्रो हुन्न ।’

पत्रकार सम्मेलनमा पत्रकारले तपाइँको परिचय दिनुस् न भन्दा चिरीबाबुले भने ‘म महर्जन अर्थात किसानको छोरो हुँ तर मेरो जग्गा भने छैन ।’

उनले आफू स्वास्थ्यका हिसाले तगडा भएको बताए । पत्रकार सम्मेलनमा मेयर भएपछि उपलव्ध हुने सुरक्षा बारे उनी भन्छन् ‘अहिले सम्म तगडा नै छु ( पाखुरा देखाउँदै त्यसैले ) सेक्युरिटी नभएपनि केही फरक पर्दैन । ’

मतगणनास्थलमा एक जना तामाङ थरका एकव्यक्तिसँग चिरीबाबु जिस्किँदै थिए । चिरीबाबु आफ्नो अनुहार देखाउँदै हेर्नुस् त मेरो अनुहार (आँखा सानो बनाउँदै) म तामाङ जस्तो देखिँन्न त ? भन्दै जिस्किरहेका थिए । साँच्चै चिरीबाबु नेवारभन्दा बढी तामाङ मुलका जस्ता देखिने गरेको चर्चा मतगणना स्थनमा पनि चलेको थियो ।

ललितपुर महानगरपालिकामा नेपाली कांग्रेसका तर्फबाट चिरीबाबु २४ हजार ६ सय ४२ मत ल्याएर विजयी भएका छन् । मेयर पदमा प्रतिद्धन्द्धी नेकपा एमालेका हरिकृष्ण व्यञ्जनकारले २४ हजार ३ सय १६ मत ल्याएका छन् ।
साथै उपमेयरमा नेपाली कांग्रेसका गीता सत्यालले १९ हजार ८ सय १९ मत ल्याएर विजयी भएकी छिन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

Advertisment
Rupse Holidays
Nabil box
Vianet communication
hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर ११, २०७९

प्रतिनिधिसभा सदस्य निर्वाचनको जारी मतगणनामा नेपाली कांग्रेसको अग्रता कायमै छ । निर्वाचन आयोगका अनुसार आज साँझसम्म प्रतिनिधिसभा सदस्यको प्रत्यक्षतर्फ एक सय ६५ सिटमध्ये एक सय ५७ क्षेत्रको मतपरिणाम सार्वजनिक भइसकेको छ...

जेठ १२, २०७९

रुपन्देहीको तिलोत्तमा नगरपालिकामा गठबन्धनको तर्फबाट उम्मेदवार बनेका नेपाली कांग्रेसका रामकृष्ण खाँणले अग्रता कायमै राखेका छन् । सो नगरपालिकामा अब  ८९० मत गन्न बाँकी हुँदा खाँण ८९० नै मतले अगाडि रहेका हु...

जेठ १२, २०७९

स्थानीय तह निर्वाचनमा १४ हजार ४०२ महिला निर्वाचित भएका छन् । हालसम्म परिणाम सार्वजनिक भएका पालिकाको अन्तिम मतपरिणामका आधारमा निर्विरोधसहित उक्त सङ्ख्यामा महिला निर्वाचित भएका हुन् ।  सो आँकडाका आधारमा ४...

जेठ १०, २०७९

दाङ तुल्सीपुर उपमहानगरपालिकामा मंगलबार बिहानसम्म ५९ हजार ५६३ मतगणना सम्पन्न भएको छ । प्राप्त मतपरिणामअनुसार एमालेबाट मेयर उम्मेदवार रहेका टिकाराम खड्काले २४ हजार ८९१ मत पाएका छन् । यस्तै गठबन्धनको साझा उम्मेदव...

कात्तिक २०, २०७४

काठमाडौं, २ जेठ - ललितपुर महानगरपालिकामा नेपाली कांग्रेसले अग्रता ल्याएको छ । ललितपुरमा कांग्रेसका उम्मेदवार चिरिवावु महर्जनले ३००२ भोट ल्याउँदै अग्रता लिएका छन् । कांग्रेसबाट उप मेयरका उम्मेदवारले १९ सय २३ म...

जेठ ९, २०७९

तुलसीपुर उपमहानगरपालिकामा ४९ हजार ३३ मत गणना भएको छ । उपमहानगरको मेयर पदमा नेकपा एमालेका टिकाराम खड्काले २० हजार ८९४ मतसहित अग्रता कायम राखेका छन् । उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका गेहेन्...

संघीयताकै औचित्यमा प्रश्न उठेका बेला प्रदेशले कस्तो ल्याउनुपर्छ बजेट ?

संघीयताकै औचित्यमा प्रश्न उठेका बेला प्रदेशले कस्तो ल्याउनुपर्छ बजेट ?

जेठ ३२, २०८१

कानूनअनुसार असार १ प्रदेश सरकारले आ–आफ्नो सभामा बजेट प्रस्तुत गर्ने दिन हो । नेपालको संविधान र कानूनले बजेट प्रस्तुत गर्ने समय तोकिदिएको छ । यसरी बजेट प्रस्तुत गर्ने दिन नै तोक्नुका २ कारण छन् । पहिलो, तह...

कहाँ हरायो कांग्रेस महासमितिको निर्णय ?

कहाँ हरायो कांग्रेस महासमितिको निर्णय ?

जेठ ३१, २०८१

अढाइ वर्षअघि नेपाली कांग्रेसको १४औं महाधिवेशन नेतृत्व मात्र चयन गरी ६ महिनाभित्र नीति महाधिवेशन आयोजना गर्ने र आवश्यक निर्णय लिने निष्कर्षमा पुगेको थियो । तत्पश्चात् निकै लामो समय पार्टीभित्र र बाहिर नीति महाधिवे...

बाबुरामका एक्ला बृहस्पति ‘फणीन्द्र’– २१ वर्षअघिको त्यो क्षण र गण्डकीको ‘फ्लोर क्रस’

बाबुरामका एक्ला बृहस्पति ‘फणीन्द्र’– २१ वर्षअघिको त्यो क्षण र गण्डकीको ‘फ्लोर क्रस’

जेठ २९, २०८१

गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले सोमबार विश्वासको मत प्राप्त गरेका छन् । नेकपा (माओवादी केन्द्र)को चिह्न ‘गोलाकारभित्र हँसिया हथौडा’बाट चुनाव जितेका फणीन्द्र देवकोटाले 'फ्लोर क्रस'...

x