०१ असार २०८३, सोमबार

ग्लोबल आइएमई बैंकले शुरू गर्‍यो सोलुखुम्बुमा नयाँ शाखारहित बैंकिङ सेवा

ग्लोबल आइएमई बैंकले शुरू गर्‍यो सोलुखुम्बुमा नयाँ शाखारहित बैंकिङ सेवा

ग्लोबल आइएमई बैंक लिमिटेडले सोलुखुम्बुकोे फाप्लुमा नयाँ शाखारहित बैंकिङ्ग सेवा सञ्चालनमा ल्याएको छ ।

यस शाखारहित बैंकिङ्ग सेवा संचालनमा आएसँगै बैंकको शाखारहित बैंकिङ्ग सेवा संख्या २५६ पुगेको छ । 

बैंकले, सोलुखुम्बु जिल्लाको सोलुदूधकुण्ड नगरपालिका वडा नं. ४, फाप्लुमा शाखारहित बैंकिङ्ग सेवा सञ्चालनमा ल्याएको यस शाखारहित बैंकिङ्ग सेवाको उद्घाटन सोलुदूधकुण्ड नगरपालिकाको उपमेयर कल्पना राईले गरेकी छन् । उक्त शाखारहित बैंकिङ्ग सेवाका लागि बैंकको प्रतिनिधिमा मान कुमार श्रेष्ठलाई नियुक्त गरिएको छ ।
 
शाखारहित बैंकिङ्ग सेवाबाट देशका विभिन्न ग्रामीण क्षेत्रका स्थानिय बासिन्दाले स्थानिय प्रतिनिधि मार्फत बैंकिङ्ग सेवा लिन सक्नेछन् ।

यसबाट निक्षेप खाता खोल्ने, तोकिएको सीमा सम्मको रकम जम्मा गर्ने तथा झिक्ने, आफ्नो खातामा रहेको मौज्दातको जानकारी लिने, कर्जाको व्याज भुक्तानी गर्ने, डिसहोम, सीडीएमए, यूटीएल, एनटीसलगायतको महसुल भुक्तानी गर्ने, मोबाइल रिचार्ज गर्ने लगायतका सेवा लिन सक्नेछन् । 
 

salt training

कमेन्ट गर्नुहोस्