२९ जेठ २०८३, शुक्रबार

विवादास्पद धर्मगुरु चन्द्रास्वामीको निधन, प्रधानमन्त्रीदेखि डनसम्म थियो सम्बन्ध

कात्तिक २०, २०७४
विवादास्पद धर्मगुरु चन्द्रास्वामीको निधन, प्रधानमन्त्रीदेखि डनसम्म थियो सम्बन्ध

काठमाडौं, १० जेठ — भारतका विवादास्पद धर्मगुरु चन्द्रास्वामीको मंगलवार देहान्त भएको छ । चन्द्रास्वामीको संसारभरि प्रभाव रहेको बताइन्छ ।


अनेकथरी घोटालामा संलग्न रहेका र न्यायिक अनुसन्धानको दायरामा रहेका चन्द्रास्वामीको पूर्वप्रधानमन्त्री नरसिंह रावसँग राम्रो सम्बन्ध थियो । राव सन् १९९१ देखि १९९६ सम्म भारतका प्रधानमन्त्री थिए र उनीमाथि भ्रष्टाचारका आरोपहरू लागेका थिए ।

चन्द्रास्वामी सन् १९४८ मा राजस्थानको बेहरोर गाउँमा जन्मेका थिए । उनका पिता पैसा ऋण दिने साहु थिए ।
राजस्थानबाट दिल्ली आएका चन्द्रास्वामीले कुतुब इन्स्टिट्युसनल एरियामा घर बनाएका थिए । उनकै घरमा अनेकौं घोटाला र हेराफेरीका योजना बन्ने गरेको बताइन्छ ।

देशमा प्रभाव जमाएका चन्द्रास्वामी विदेशमा पनि शक्तिशाली थिए । बेलायतकी पूर्वप्रधानमन्त्री मार्गरेट थ्याचर, ब्रुनाईका सुल्तान र कुख्यात डन दाऊद इब्राहिम पनि उनीसँग सल्लाह लिन्थे ।

शुरुमा उनी ज्योतिषको काम गर्थे र रावसँग जोडिएपछि उनी शक्तिशाली हुँदै गए । उनले भारत र विश्वको राजनीतिमा पनि पकड राखेका थिए । राजीव गान्धीको हत्यामा उनको पनि संलग्नता रहेको आरोप लागेको थियो ।

त्यस्तै उनले लन्डनका एक व्यापारीलाई एक लाख डलर ठगेको आरोप पनि लगाइएको थियो ।

उनको ६६ वर्षको उमेरमा हृदयघातका कारण मृत्यु भएको थियो । उनको मिर्गौलामा पहिलेदेखि नै समस्या थियो र डायलिसिस गराउनुपर्थ्यो ।

एजेन्सी

salt training

कमेन्ट गर्नुहोस्