११ असार २०८३, बिहीबार

देशका केही स्थानमा चट्याङसहित वर्षा हुने सम्भावना

चैत १०, २०७७
देशका केही स्थानमा चट्याङसहित वर्षा हुने सम्भावना
प्रतिकात्मक तस्वीर

पश्चिमी वायुको प्रभावले मंगलवार देशका अधिकांश भूभागमा आंशिकदेखि सामान्य बदली रही पहाडी भेगका केही स्थानमा मेघगर्जन/चट्याङसहित हल्का वर्षा हुने भएको छ । 

पश्चिमी वायुसँगै स्थानीय वायुको समेत प्रभाव रहेकाले पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली भई अपराह्नपछि मेघगर्जन चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको मौसमविद् प्रतिभा मानन्धरले जानकारी दिए ।

उनका अनुसार पश्चिमी वायु कमजोर रहेकाले ठूलो पानी पर्ने सम्भावना भने रहेको छैन । अझै २–३ दिन देशको अधिकांश स्थानमा आंशिकदेखि सामान्य बदली रहने छ । हाल देशको पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली र बाँकी भूभागमा आंशिक बदली रहेको छ ।

दिउँसो गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेश तथा बाँकी प्रदेशका पहाडी भूभागका केही स्थानमा मेघगर्जन चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको बताइएको छ । 

मौसम पूर्वानुमान महाशाखाको पछिल्लो विवरणअनुसार मंगलवार काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम ११ दशमलव २ डिग्री र अधिकतम तापक्रम २८ दशमलव शून्य डिग्री सेल्सियस रहेको छ । 

मंगलवार सबैभन्दा कम जुम्लाको न्यूनतम तापक्रम २ दशमलव ७ डिग्री र सबैभन्दा धेरै भैरवाको अधिकतम तापक्रम ३६ दशमलव २ डिग्री सेल्सियस रहेको छ । 

salt training

कमेन्ट गर्नुहोस्