०६ असार २०८३, शनिबार

प्रधानमन्त्री ओलीसँग वार्ता गर्न जसपा नेताहरू बालुवाटारमा

प्रधानमन्त्री ओलीसँग वार्ता गर्न जसपा नेताहरू बालुवाटारमा

प्रधानमन्त्री केपी शर्मा ओलीसँग वार्ताका लागि जनता समाजवादी पार्टी (जसपा) नेपालका नेताहरू बालुवाटार पुगेका छन् । 

सांसद रेशम चौधरीको रिहाइ, लाल आयोगको प्रतिवेदन सार्वजनिक गरेर बन्दीहरूको रिहाइ र संविधान संशोधन लगायतका मागमा छलफल गर्न जसपा नेताहरू बालुवाटार पुगेका हुन् ।

अध्यक्ष महन्थ ठाकुर, नेता राजेन्द्र महतो, कार्यदलका सदस्य लक्ष्मणलाल कर्ण र सर्वेन्द्रनाथ शुक्ल बालुवाटर पुगेका छन् ।

जसपा नेताहरूले गत हप्ता प्रधानमन्त्री ओलीसँग छलफल गरेका थिए । जसपाका माग सम्बोधन गर्न अर्थमन्त्री विष्णु पौडेल, एमाले संसदीय दलका उपनेता सुवास नेम्वाङ र राजन भट्टराई तथा जसपाको तर्फबाट लक्ष्मणलाल कर्ण र सर्वेन्द्रनाथ शुक्ल सदस्य रहेको वार्ता टोली गठन भएको थियो । 

कार्यदलका सदस्य कर्णले सरकारसँग सकारात्मक छलफल भइरहेको बताउँदै आएका छन् । नयाँ सत्ता समीकरणमा निर्णायक मानिएको जसपा अध्यक्ष ठाकुर, नेता महतो लगायतका नेताहरू ओलीसँग सहकार्य गरेर अघि बढन इच्छुक देखिएका छन् । 

अर्का अध्यक्ष उपेन्द्र यादव लगायतका केही नेता भने ओलीसँग सहकार्य गर्न इच्छुक देखिएका छैनन् । 

salt training

कमेन्ट गर्नुहोस्