१५ असार २०८३, सोमबार

सरकार र जसपाबीच बालुवाटारमा वार्ता

सरकार र जसपाबीच बालुवाटारमा वार्ता

प्रधानमन्त्री केपी शर्मा ओली र जनता समाजवादी पार्टी (जसपा) नेपालका नेताहरूबीच बालुवाटारमा वार्ता शुरू भएको छ । 

सांसद रेशम चौधरीको रिहाइ, लाल आयोगको प्रतिवेदन सार्वजनिक गरेर बन्दीहरूको रिहाइ र संविधान संशोधन लगायतका मागमा छलफल गर्न जसपा नेताहरू बालुवाटार पुगेका हुन् । 

अध्यक्ष महन्थ ठाकुर, कार्यदलका सदस्य लक्ष्मणलाल कर्ण र सर्वेन्द्रनाथ शुक्ल बालुवाटार पुगेका छन् । जसपा नेताहरूले गत फागुन २७ गते पनि प्रधानमन्त्री ओलीसँग छलफल गरेका थिए । 

जसपाका माग सम्बोधन गर्न अर्थमन्त्री विष्णु पौडेल, एमाले संसदीय दलका उपनेता सुवास नेम्वाङ र राजन भट्टराई तथा जसपाको तर्फबाट लक्ष्मणलाल कर्ण र सर्वेन्द्रनाथ शुक्ल सदस्य रहेको वार्ता टोली गठन भएको थियो । 

कार्यदलका सदस्य कर्णले सरकारसँग सकारात्मक छलफल भइरहेको बताउँदै आएका छन् । नयाँ सत्ता समीकरणमा निर्णायक मानिएको जसपा अध्यक्ष ठाकुर, नेता महतो लगायतका नेताहरू ओलीसँग सहकार्य गरेर अघि बढ्न इच्छुक देखिएका छन् । 

१–२ दिनमै सहमति गर्ने गरी गृहकार्य भइरहेको जसपा स्रोतले लोकान्तरलाई बतायो । अर्का अध्यक्ष उपेन्द्र यादव लगायतका केही नेता भने ओलीसँग सहकार्य गर्न इच्छुक देखिएका छैनन् । 

salt training

कमेन्ट गर्नुहोस्