०५ साउन २०८३, मंगलबार

प्रतिनिधि सभाको शून्य समयमा सांसदहरूले बोल्ने, बैठकका लागि सामान्य कार्यसूची

प्रतिनिधि सभाको शून्य समयमा सांसदहरूले बोल्ने, बैठकका लागि सामान्य कार्यसूची

सरकारले बिजनेस नदिँदा कामकाजी बन्न नसकेको प्रतिनिधि सभा बैठकमा मंगलवार सांसदहरूलाई शून्य समयमा बोल्न दिने तयारी छ । प्रतिनिधि सभा बैठक दिउसो १ बजे बस्दैछ । 

बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले न्याय परिषद् र न्याय सेवा आयोगको प्रतिवेदन पेश गर्ने कार्यसूची छ । तर प्रतिनिधि सभा पुनःस्थापना पछिका बैठकमा प्रधानमन्त्री ओली उपस्थित नभएपछि प्रधानमन्त्रीको तर्फबाट अन्य मन्त्रीले प्रतिवेदनहरू टेबल गरेका छन् । 

यस्तै प्रतिनिधि सभाको उद्योग वाणिज्य तथा उपभोक्ता हित संरक्षण समितिका सभापति विमल श्रीवास्तवले समितिको प्रतिवेदन पेश गर्ने कार्यसूची छ । 

फागुन २३ गते शुरू प्रतिनिधि सभाको यो पाँचौ बैठक हो ।

salt training

कमेन्ट गर्नुहोस्