११ साउन २०८३, सोमबार

चीनले तीन वर्षभित्र मंगलग्रहमा रकेट पठाउने

कात्तिक २०, २०७४
चीनले तीन वर्षभित्र मंगलग्रहमा रकेट पठाउने
काठमाडौं, १२ पुस — चीनले सन् २०२० सम्ममा मंगलग्रहमा विमान पठाएर अध्ययन गर्ने भएको छ ।


मंगलवार एक श्वेतपत्र जारी गर्र्दै चीनको स्टेट काउन्सिल इन्फर्मेसन अफिसले उक्त कुरा जनाएको हो ।

‘चीनले पहिलोपटक मंगलग्रहमा अन्वेषणको कामलाई मूर्त रूप दिने कोशिश गर्दैछ,’ स्टेट काउन्सिलले बतायो, ‘यसबाट मंगलग्रहको परिक्रमा, मंगलमा अवतरण र खोजीकार्य सहज हुनेछ ।

रकेटले थप अध्ययन तथा महत्वपूर्ण प्राविधिक अनुसन्धान गर्नेछ, श्वेतपत्र लेख्छ । मंगलबाट नमुनाहरू ल्याउने अनि बृहस्पति ग्रहको पनि अन्वेषण गर्ने लक्ष्य लिइएको छ ।

यो अध्ययनले सौर्य प्रणालीको उत्पत्ति र विकासका प्रश्नको पनि उत्तर पाइने अपेक्षा गरिएको छ । साथसाथै पृथिवीबाहिरको जीवनको सम्भावना पनि यसबाट अध्ययन हुनेछ ।

सिन्ह्वा

salt training

कमेन्ट गर्नुहोस्