१० असार २०८३, बुधबार

आइएमई पे एपबाट नेपालमा उपलब्ध सबै क्यूआर कोड स्क्यान गर्न मिल्ने

आइएमई पे एपबाट नेपालमा उपलब्ध सबै क्यूआर कोड स्क्यान गर्न मिल्ने

आइएमई पे एपबाट नेपालमा उपलब्ध सबै क्यूआर कोड स्क्यान गर्न मिल्ने भएको छ ।

नेपालमा उपलब्ध फोन पे, स्मार्ट क्यूआर, युनियन पे र आइएमई पे क्यूआर सेवाग्राहीले सजिलै आइएमई पे एपबाट स्क्यान गरी भुक्तानी गर्न सक्ने छन् ।

सबै क्यूआर स्क्यान गरी भुक्तानी गर्न मिल्ने आइएमई पे एप एक मात्र विद्युतीय भुक्तानी सेवा प्रदायक एप हो ।

नेपालमा क्यूआर स्क्यान गरी  भुक्तानी गर्ने व्यवहार बढ्दै गरेको परिप्रेक्षमा नेपाल सरकारको डिजिटल नेपाल अभियानलाई आत्मसात गरी उक्त अभियानमा सहभागी हुँदै आएको आइएमई पेको यो सेवाले डिजिटल नेपाल अभियानलाई थप बल मिल्ने विश्वास गरिएको  कम्पनीले जनाएको छ ।
 

salt training

कमेन्ट गर्नुहोस्