२९ जेठ २०८३, शुक्रबार

सातै प्रदेशमा पुग्यो माछापुच्छ्रे बैंकको क्यूआर कोड

सातै प्रदेशमा पुग्यो माछापुच्छ्रे बैंकको क्यूआर कोड

माछापुच्छ्रे बैंकले देशका सातै प्रदेशमा क्यूआर. कोड सेवा शुरूवात गरेको छ । 

आइतवार नेपाल राष्ट्र बैंक, नेपालगञ्जका निर्देशक गोविन्द प्रसाद नागिलाले कर्णाली प्रदेशको सुर्खेत स्थित कृषि बजार सुर्खेत, पुरानो तरकारी बजार हटियालाइन, अल्का यातायात, नमुना हङकङ बजार हटियालाइन गरि ४ स्थानमा क्यूआर कोड सेवाको  शुरू गरेका हुन् । 

त्यसैगरी मंगलवार  राजधानीको मनोहरा स्थित तरकारी बजारमा नेपाल राष्ट्र बैंक भुक्तानी प्रणाली विभागका प्रमुख भुवन कँडेलको प्रमुख आतिथ्यतामा व्यवसायीलाई क्यूआर.कोड हस्तान्तरण गरको छ । 

यसअघि बैंकले बिभिन्न समयमा अन्य प्रदेशहरुमा औपचारिक कार्यक्रमहरु गरि क्यूआर.कोड सेवा शुरू गरेको थियो ।
 

salt training

कमेन्ट गर्नुहोस्