१६ असार २०८३, मंगलबार

भारत : बंगाल निर्वाचनको ताजा सर्वेक्षणमा भाजपा बहुमत नजिक !

चैत ११, २०७७
भारत : बंगाल निर्वाचनको ताजा सर्वेक्षणमा भाजपा बहुमत नजिक !

भारतका पाँचवटा राज्यमा विधानसभा निर्वाचन गरिन लागेको छ तर सबभन्दा धेरै चर्चा बंगालको छ । 

पहिलो चरणको मतदान आउन लागेको बेलामा भारतीय जनता पार्टीका नेताहरूमा अपेक्षा ह्वात्तै बढेर गएको छ । 

विभिन्न सर्वेक्षणहरूका पछि परिरहेको भाजपा अब तृणमूल कांग्रेसको बराबरीमा पुगेको देखिएको छ । 

बंगालमा आठ चरणको चुनाव हुँदैछ र भाजपाले सीट संख्या बढाउने देखिएको छ । 

आठ चरणमा गरिने मतदानलाई ममता बनर्जी र वामपन्थी गठबन्धनले प्रश्न गरेका छन् । बढी चरणमा चुनाव गर्दा राजनीतिक दलहरूले आफ्नै हिसाबले रणनीतिक बनाउने मौका पाउने विज्ञहरूको कथन छ । त्यसैका आधारमा

उनीहरूले क्षेत्रैपिच्छेको रणनीति बनाउन पाउँछन् । ओपिनियन पोलको ट्रेन्डले भाजपालाई फाइदा हुने देखिएको छ । 

पहिलो चरणको मतदानअघि एबीपी–सीएनएक्स ओपिनियन पोलमा भाजपा र तृणमूलबीच कडा टक्कर देखिएको छ । तृणमूलले १३६ देखि १४६ अनि भाजपाले १३० देखि १४० सीट जित्ने देखिएको छ । राज्य विधानसभामा बहुमतका लागि १४८ सीट ल्याउनुपर्ने हुन्छ । 

भाजपाले बंगालमा चुनाव जित्न निकै जोडबल गरिरहेको छ । पार्टीले २०० भन्दा बढी सीट जित्ने दाबी गरिँदैछ । 
 

तृणमूल र भाजपाले सीट संख्या बढाउनका लागि मतदाताहरूलाई फकाइरहेका छन् । यसको फाइदा कसले उठाउँछ भन्ने कुरा मे २ मा थाहा हुनेछ । 
 

salt training

कमेन्ट गर्नुहोस्