१२ असार २०८३, शुक्रबार

नेपालीले लगाएको एस्ट्राजेनेका खोप किन छ चर्चामा ?

चैत ११, २०७७
नेपालीले लगाएको एस्ट्राजेनेका खोप किन छ चर्चामा ?

कोरोनाभाइरसविरुद्ध एस्ट्राजेनेका कम्पनीले बनाएको खोपका विषयमा अमेरिकाको एक निकायले चिन्ता व्यक्त गरेपछि कम्पनीले आफ्नो खोप अत्यन्तै प्रभावकारी रहेको दोहोर्‍याएको छ । 

संसारभरि खोप कार्यक्रम चलिरहेको बेलामा अर्को एक खोप पनि समस्यामा परेको छ । फाइजर–बायोएनटेकको खोपलाई हङकङ र मकाउका अधिकारीहरूले बुधवार रोकका छन् । खोपको प्याकेजिङमा समस्या आएको उनीहरूको कथन छ । 

यस्ता किसिमका अनिश्चयले गर्दा छिटोछिटो खोप लगाएर महामारी अन्त्य गर्ने वैज्ञानिकहरूको आशामा तुषारापात भएको छ । महामारीले २० लाख ७० हजारभन्दा बढी मानिसको ज्यान लिइसकेको छ । 

एस्ट्राजेनेकाले अमेरिकाका गरिएका परीक्षणको परिणाम सोमवार प्रकाशित गर्दै यो खोप कोभिड–१९ विरुद्ध ७९ प्रतिशत प्रभावकारी रहेको देखाएको छ । तर अमेरिकाको नेसनल इन्स्टिच्युट फर एलर्जीज यान्ड इन्फेक्सियस डिजीजेजले यसका परिणामहरूको मिति गुज्रिसकेको बताएको छ । 

मंगलवार कम्पनीले खोपको बचाउ गर्दै आफूले घोषणा गरेको अन्तरिम परिणाम पहिलेकै जस्तो रहेको र नयाँ विश्लेषण तथा आँकडा ४८ घन्टाभित्र प्रकाशन गर्ने जनाएको छ । 
 

एस्ट्राजेनेकालाई महामारीविरुद्धको लडाइँमा गेमचेन्जर मानिएको छ किनकि यो अन्य खोपको तुलनामा सस्तो र भण्डारण तथा ओसारपसार गर्न सजिलो छ । 

तर एक दर्जनभन्दा बढी देशले अस्थायी रूपमा यसलाई रोक लगाएकाले मानिसको विश्वास घटेको छ । खोप लगाएपछि रगत जम्ने समस्या देखिएको भन्दै रोक लगाइएको हो । तर विश्व स्वास्थ्य संगठन तथा तथा नियामक संस्थाले खोप र रगत जम्ने समस्यामा कुनै साइनो नरहेको बताएका छन् । 

एस्ट्राजेनेकाले महिनौंदेखि उत्पादन र आपूर्तिमा पनि संघर्ष गरिरहेको छ । उसले युरोपेली संघलाई पहिलो त्रैमासिक दिने भनी प्रतिज्ञा गरेकोमध्ये ३० प्रतिशत डोज मात्र दिएको छ र ब्रसेल्स रिसाएको छ ।
 

salt training

कमेन्ट गर्नुहोस्