०५ साउन २०८३, मंगलबार

आठ महिनामा ५९.६९ प्रतिशत राजस्व असुली

आठ महिनामा ५९.६९ प्रतिशत राजस्व असुली

आर्थिक वर्ष २०७७/७८ को वार्षिक लक्ष्यको तुलनामा आठ महिनामा ५९/६९ प्रतिशत राजस्व असुली भए को छ । अर्थ मन्त्रालयमा बुधबार आयोजित आर्थिक वर्ष २०७७/७८ को दोस्रो चौमासिक प्रगति समीक्षा एवम् मन्त्रालयस्तरीय विकास समस्या समाधान समितिको बैठकमा सो जानकारी दिइएको हो ।

बैठकमा प्रस्तुत गरिएको जानकारीअनुसार २०७७ फागुन मसान्तसम्ममा ६ खर्ब ३ अर्ब ९२ करोड रुपैयाँ राजस्व असुली भएको छ । जुन फागुनसम्मको लक्ष्यको तुलनामा ९७.८० प्रतिशत हो । २०७७ चैत ११ गतेसम्म ६ खर्ब ४१ अर्ब राजस्व असुली भएको अर्थ मन्त्रालयले जनाएको छ । आर्थिक वर्ष २०७७/७८ मा १० खर्ब ११ अर्ब रुपैयाँ राजस्व असुल्ने लक्ष्य राखिएको छे ।

अर्थमन्त्री विष्णुप्रसाद पौडेलले कोभिड–१९ ले पारेको प्रभावबीच राजस्वको लक्ष्य प्राप्त हुनेमा दुविधा नरहेको बताउनुभयो । पर्यटनबाहेक धेरै क्षेत्र सामान्य अवस्थामा फर्किसकेको भन्नुहुँदै अर्थमन्त्री पौडेलले लक्ष्यभन्दा बढी राजस्व असुल्ने गरी परिणाम निकाल्न निर्देशन दिए ।

राजस्व सचिव रामशरण पुडासैनीले आर्थिक गतिविधिहरु बढेको भन्दै राजस्वको लक्ष्य नपुर्‍याउने छुट नभएको बताए । बैठकमा आर्थिक वर्ष २०७७/७८ को फागुन महिनासम्म चालूतर्फ ४ खर्ब ५५ अर्ब रुपैयाँ खर्च भएको छ । जुन वार्षिक बजेटको तुलनामा ४८.१८ प्रतिशत हो । यस्तै पुँजीगततर्फ ७९ अर्ब ८७ करोड रुपैयाँ खर्च भएको छ । जुन वार्षिक बजेटको तुलनामा २२.४४ प्रतिशत हो ।

अर्थमन्त्री पौडेलले दुरुपयोग हुन नहुने, प्राथमिकता निर्धारणमा चुक्न नहुने र समयमा खर्च गर्ने परिपाटी जरुरी रहेको बताए । खर्च गर्ने प्रणालीमा रहेका बन्धनहरुलाई हटाउन आवश्यक रहेको उनले चर्चा गरे।

अर्थ सचिव शिशिरकुमार ढुंगानाले पूर्वनिर्धारित कार्यक्रमअनुसार खर्च बढाउन सबै निकाय सक्रिय हुन जरुरी रहेको बताए । राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा। पुष्पराज कँडेलले योजना बनाउँदा नै विशेष ध्यान दिन आवश्यक रहेको बताउनुभयो । सहजीकरणका लागि अर्थ मन्त्रालयले विशेष भूमिका निर्वाह गर्नुपर्ने धारणा व्यक्त गरे।

नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले कोभिड–१९ ले सिर्जना गरेको चुनौतीलाई सामाना गर्न सहुलियत कर्जा, पुनरकर्जा, व्यवसायिक निरन्तरता कर्जा लगायतका कार्यक्रमहरु ल्याइएको जानकारी दिदै सबैको मेहनेतबाट उपलब्धीहरु हासिल भएको बताए ।

अर्थ मन्त्रालयका प्रवक्ता सुमन दाहालले समग्रमा वित्तीयस्थिति सकारात्मक रहेको बताए ।

salt training

कमेन्ट गर्नुहोस्