२४ जेठ २०८३, आइतबार

इजरायलमा सरकार बनाउन इस्लामिस्ट पार्टीको महत्त्वपूर्ण भूमिका

चैत १२, २०७७
इजरायलमा सरकार बनाउन इस्लामिस्ट पार्टीको महत्त्वपूर्ण भूमिका

इजरायलमा मंगलवार भएको आमनिर्वाचनमा पुनः कुनै पनि दलको बहुमत नआएपछि एक कट्टर अरब इस्लामी पार्टीको भूमिका महत्त्वपूर्ण बनेको छ । 

बिहीवार बिहानसम्म ९० प्रतिशत मत गनिसकिएको छ । सत्तारूढ लिकुड पार्टी र सहयोगी दलले ५९ सीट ल्याएका छन् । संसदमा कुल १२० सीट छन् । 

त्यसैले बहुमतका लागि ६१ सीट पुर्‍याउन इस्लामिस्ट पार्टीको सहयोग आवश्यक परेको हो । 

प्रधानमन्त्री बेन्जामिन नेतान्याहुको गठबन्धन र उनका विपषी दलहरूको गठबन्धनमा एकदमै कम अन्तर छ । नेतान्याहू विरोधी दलहरूले ५६ सीट पाउने देखिन्छ । 

यस्तो अवस्थामा इस्लामिस्ट पार्टी रामले सरकार बनाउन ठूलो भूमिका खेल्नेछ । उक्त दलले कम्तीमा पाँच सीट जित्न सक्छ । 

उसले लिकुड पार्टीलाई समर्थन गरेमा नेतान्याहु पुनः प्रधानमन्त्री बन्नेछन् । तर लिकुड उग्रदक्षिणपन्थी दल हो । 
 

नेतान्याहु कट्टर राष्ट्रवादी हुन् । उनी प्यालेस्टाइनीहरूलाई बढी छुट नदिन वा गाजा स्ट्रिपमा इजरायली कोलोनी बनाउन इच्छुक छन् । यस्तो अवस्थामा रामले अप्राकृतिक गठबन्धन बनाउने सम्भावना रोचक हुनेछ । 

राम पार्टीले कसैलाई पनि समर्थन दिने नदिने विषयमा घोषणा गरिसकेको छैन । यो दल इजरायलमा अरब मूलका निवासीहरूको नेतृत्वको दाबी गर्छ । यहुदीबहुल इजरायलमा अरब मुसलमानहरूको संख्या थोरै छ । 

यस चुनावले पहिलोपटक प्यालेस्टाइन र अरब मुलुकहरूसँग सम्बन्ध राख्ने राम पार्टीलाई पाँच सीट दिने देखिएको छ । 
 

salt training

कमेन्ट गर्नुहोस्