०३ साउन २०८३, आइतबार

नबिल बैंकको हिरोज् अफ नेपालको दोस्रो संस्करणमा सेफ सन्तोष शाह सम्मानित

नबिल बैंकको हिरोज् अफ नेपालको दोस्रो संस्करणमा सेफ सन्तोष शाह सम्मानित

नबिल बैंकको हिरोज् अफ नेपालको दोस्रो संस्करणमा सेफ सन्तोष शाह सम्मानित भएका छन् ।

सेफ सन्तोष शाहले युकेको मास्टरसेफ कार्यक्रममा नेपालको प्रतिनिधित्व गर्दै नेपाली परिकारहरुलाई विश्व सामु चिनाउनुका साथै नेपालीको शिष्टाचार र मैत्रीपूर्ण भावलाई पनि प्रदर्शित गरेर हरेक नेपालीलाई गौरवान्वित बनाएका छन् ।

सेफ सन्तोष शाह, अनिल केशरी शाह र अनुष्का श्रेष्ठबीच भएको प्यानल छलफलको क्रममा, सेफ सन्तोष शाहले उनको प्रेरणादायक उपलब्धिहरूको बारेमा बालेका थिए । उनको जीवनको यात्राका चुनौतीहरू पनि वर्णन गरे ।

नबिल बैंकले सेफ सन्तोष शाहलाई उनको उत्कृष्ट अनुगमनलाई जारी राख्न प्रोत्साहनको रूपमा प्रेरणादायक उपलब्धिका लागि सम्मानित गरेको हो । जसको अनुशरण गर्दै, नबिल बैंकले सेफ शाहको गृहनगरमा ई–पुस्तकालय निर्माण गर्न र ५ महिला विद्यार्थीहरुलाई छात्रवृत्ति प्रदान गर्न पनि प्रतिबद्धता जनाएको छ ।

salt training

कमेन्ट गर्नुहोस्