अमेरिकामा श्वेत सर्वोच्चतावादीहरूले एसियाली मूलका विशेषगरी चिनियाँ नागरिकमाथि निरन्तर आक्रमण गरिरहेका छन् ।
यसैबीच क्यालिफोर्नियाको टेन्डरलोइनमा बस कुरेर वाकरमा बसिरहेका ८४ वर्षीय एक वृद्धलाई गोरा जातिको एक युवकले दौडिँदै उडेर लात हानेर लडाएको भिडियो सार्वजनिक भएको छ ।
लियाओ थर भएका ती वृद्ध लात लागेर लडेका थिए । त्यसपछि त्यो युवक त्यहाँबाट भागेको थियो ।
यसअघि जर्जियामा एसियाली मूलका आठजनालाई गोली हानी हत्या गरिएको थियो । अनि न्युयोर्कको क्वीन्समा एसियाली मूलकी एक महिलामाथि श्वेत सर्वोच्चतावादी पुरुषले पिसाब फेरिदिएको थियो ।
𝟴𝟰-𝗬𝗲𝗮𝗿 𝗢𝗹𝗱 𝗔𝘀𝗶𝗮𝗻 𝗠𝗮𝗻 𝗞𝗻𝗼𝗰𝗸𝗲𝗱 𝗢𝘂𝘁 𝗢𝗳 𝗛𝗶𝘀 𝗦𝗲𝗮𝘁𝗲𝗱 𝗪𝗮𝗹𝗸𝗲𝗿 🚨 note: this video is hard to watch.
— Dion Lim (@DionLimTV) March 26, 2021
Mr. Liao was waiting for the bus in the Tenderloin 2/20/20 when a man runs up & kicks him to the ground & runs away. #StopAAPIHate pic.twitter.com/KuPiMEtbR1