०५ असार २०८३, शुक्रबार

ससुरालीसँग कस्तो रिस ? व्यापारीले माछामा विष हालेर मारे सासू र साली !

चैत १३, २०७७
ससुरालीसँग कस्तो रिस ? व्यापारीले माछामा विष हालेर मारे सासू र साली !

इराकका तानाशाह सद्दाम हुसैनको बारेमा इन्टरनेटमा पढेर एक व्यक्तिले आफ्ना सासू र सालीको हत्या गरेका छन् । 

हुसेनले आफ्ना शत्रुहरू मार्नका लागि थिलियम नामक विषाक्त पदार्थ उपयोग गर्ने गरेका थिए । 

भारतको दिल्लीमा व्यापार गर्ने वरुण नामक व्यक्तिले पनि पत्नीको परिवारलाई सिध्याउनका लागि थिलियम उपयोग गरे । प्रहरीले उनलाई पक्राउ गरेको छ । 

वरुणका ससुरा होमियोप्याथी औषधिका निर्माता देवेन्द्र मोहन शर्मा हुन् । उनको कारखानामा दिल्लीमा छ । 
 

थिलियमका कारण छोरी प्रियंका शर्मा र पत्नी अनिता शर्माको मृत्यु भएको अनि ठूली छोरी दिव्या गंगाराम अस्पतालमा जीवनमरणको दोसाँधमा रहेको उनले बताए ।

सन् २००९ मा दिव्या र वरुणको बिहे भएको थियो । वरुण क्रोधी स्वभावको मानिस थियो । बिहेको केही समयपछि नै ऊ दिव्यालाई गालीगलौज र दुर्व्यवहार गर्न थालेको थियो । 
 

दिव्याले आईभीएफ प्रविधिबाट जुम्ल्याहा बच्चा जन्माएकी थिइन् । त्यसपछि पनि उनी गर्भवती भएकी थिइन् । दिव्याको परिवार बच्चा जन्मियोस् भन्ने चाहन्थ्यो तर चिकित्सकहरूले यसबाट दिव्याको ज्यान खतरामा पर्न सक्ने बताएका थिए । 

चिकित्सकको कुरा मानेर दिव्याले गर्भपात गराएकी थिइन् । त्यसपछि वरुण र उसको परिवारले दिव्यालाई यातना दिन थालेको थियो । जनवरी ३१ मा दिव्या इन्द्रपुरीस्थित माइती आएकी थिइन् । 

वरुणले दिव्याको परिवारका लागि माछा बनाएर ल्याएको बताए । दिव्याले आउनुपर्दैन भन्दा पनि उनी माछा लिएर ससुराली पुगे । 

वरुणले पत्नी, सासू र ससुरालाई जबर्जस्ती माछा ख्वाए । साली प्रियंका घरमा थिइन् । बेलुका उनी आएपछि माछा खाइन् । 

त्यसपछि सबैको स्वास्थ्य बिग्रियो । 

अनुसन्धान गर्दा शरीरमा थिलियम पाइयो । प्रियंका र सुनिताको ज्यान गयो भने दिव्या मरणासन्न स्थितिमा छिन् । 
 

salt training

कमेन्ट गर्नुहोस्