०१ असार २०८३, सोमबार

अन्लाइन शपिङको फन्डा : आईफोन मगाएको, आइपुग्यो टेबुल

चैत १३, २०७७
अन्लाइन शपिङको फन्डा : आईफोन मगाएको, आइपुग्यो टेबुल

अन्लाइन शपिङ गर्दा धोका पाइने सम्भावना धेरै हुन्छ । धेरै मानिसले एउटा सामान किनेको अनि अर्को आइपुगेको बताउने गरेका छन् । 

मलेसियामा यस्तै घटना भएको छ । एक व्यक्तिले आइफोनको अर्डर दिए तर उनलाई फोनको साटो टेबुल दिइयो । कम्पनीले पठाएको टेबुल ठ्याक्कै आईफोन जस्तै छ । 

एक युवकले ई–कमसै वेबसाइटमा एकदमै कम मूल्य देखेर आईफोन अर्डर गरे तर प्रोडक्ट डिस्क्रिप्सन राम्ररी हेरेनन् । आईफोन भन्ठानेर उनले आईफोन जस्तो देखिने टेबुल अर्डर गरेछन् । 
 

डेलिभरीपछि सामान खोल्दा त मानिसको जत्रो लम्बाइ भएको टेबुल पाए । 

टेबुलसँग उनले चारवटा खुट्टा पनि पाएका छन् । त्यसको डिजाइन आईफोन ६एस जस्तै छ । टच आईडी समेत छ ।

मूर्ख बनेका युवकको भिडियो भाइरल भइरहेको छ । 
 

salt training

कमेन्ट गर्नुहोस्