
नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनाल संसदीय दलको बैठकका केहीबेर सहभागी भएर बाहिरिएका छन् ।
प्रधानमन्त्री निवास बालुवाटारमा शुक्रवार बसेको बैठकमा सहभागी भएका खनाल केहीबेर बसेर बाहिरिएका हुन् ।
संसदीय दलको बैठकमा मञ्चमा ५ जना नेता मात्र राखिएकोमा प्रधानमन्त्री एवं दलका नेता केपी शर्मा ओलीसँगै खनाल मञ्चमा बसेका थिए । खनाल वामदेव गौतमसँगै मञ्चमा सोफामा बसेका थिए ।
बैठकमा आफ्नो धारणा राख्दै खनालले पार्टीलाई २०७५ जेठ २ को अवस्थामा फर्काउन प्रस्ताव गरे ।
बैठकबाट बाहिरिने क्रममा खनाल-नेपाल पक्षीय संसद जीवनराम श्रेष्ठले खनालको प्रस्तावबारे सञ्चारकर्मीलाई जानकारी गराएका हुन् ।
०७५ जेठ ३ गते एमाले र माओवादी केन्द्रबीच एकीकरण भएको थियो ।
सर्वोच्च अदालतले एकीकरणपछि बनेको नेकपा खारेज गर्दै एमाले र माओवादी केन्द्र ब्युँताइदिएको थियो ।
दिउँसो खनाल–नेपाल पक्षका केन्द्रीय सदस्यहरूको बैठकले संसदीय दलको बैठकमा सहभागी हुने निर्णय गरेको थियो ।
माधव नेपाल र भीम रावल भने शुक्रवारको बैठकमा सहभागी भएनन् ।
यसअघि चैत्र ४ र ७ गते बसेको संसदीय दलको बैठक खनाल–नेपाल पक्षले बहिस्कार गरेको थियो ।