१५ असार २०८३, सोमबार

रहेनन् काँग्रेस नेता नवीन्द्रराज जोशी, नर्भिकद्वारा निधन भएको पुष्टि

रहेनन् काँग्रेस नेता नवीन्द्रराज जोशी, नर्भिकद्वारा निधन भएको पुष्टि

काँग्रेस नेता नवीन्द्रराज जोशीको शुक्रबार साँझ निधन भएको छ । पूर्वमन्त्री समेत रहेका उनको नर्भिक अस्पतालमा उपचारका क्रममा निधन भएको अस्पतालले पुष्टि गरेको छ ।  उनको निधन भएको खबरसँगै काँग्रेस नेताहरुको अस्पतालमा भिड लाग्न थालेको छ ।

जोशीमा मष्तिष्कघात भएपछि फागुन १४ गते  नर्भिक अस्पतालमा भर्ना भएका थिए । शल्यक्रियापछि उनको स्वास्थ्यमा सुधार भएपनि पछि स्वास्थ्यमा पुनः समस्या देखिएसँगै भेन्टिलेटरमा राखेर उपचार गरिँदै आएको थियो ।
मष्तिष्कघात हुँदा रक्तश्राव भई उनको टाउकोमा रगत जमेको थियो । जोशी काँग्रेसभित्रको इमान्दार नेताका रुपमा चिनिन्थे ।

salt training

कमेन्ट गर्नुहोस्