०४ असार २०८३, बिहीबार

सुन्दरीजलस्थित खानेपानी प्रशोधन केन्द्रको निरीक्षणमा पुगिन् बीना मगर

सुन्दरीजलस्थित खानेपानी प्रशोधन केन्द्रको निरीक्षणमा पुगिन् बीना मगर

पूर्व खानेपानीमन्त्री बीना मगरले आज मेलम्ची खानेपानी आयोजनाको सुन्दरीजलस्थित खानेपानी प्रशोधन केन्द्रको निरीक्षण तथा अवलोकन गरेकी छिन् ।
    मेलम्ची खानेपानी आयोजना विकास समितिका निमन्त्रणामा सुन्दरीजल पुगेकी उनले उक्त प्रशोधन केन्द्रको अवलोकन गरेकी हुन् । सो अवसरमा उनले सञ्चारकर्मीसँग भनिन्, “हाम्रो अथक मेहनत र योजनामुताबिक मेलम्ची आयोजनाको कामले तीव्रता पाएको हो । उपत्यकावासीको मेलम्चीको पानी पिउने सपना अब करिब पूरा भएको छ ।”

    मेलम्चीबाट सुरुङमार्फत ल्याइएको पानी उक्त प्रशोधन केन्द्रमा प्रशोधन भइसकेपछि काठमाडौँ उपत्यकामा वितरण गरिने छ ।

salt training

कमेन्ट गर्नुहोस्