३१ जेठ २०८३, आइतबार

सरकारलाई दिएको समर्थन फिर्ता लिन ढिला गर्दिन : प्रचण्ड

सरकारलाई दिएको समर्थन फिर्ता लिन ढिला गर्दिन : प्रचण्ड
फाइल तस्वीर

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले सरकारलाई दिएको समर्थन फिर्ता लिन ढिला नगर्ने बताएका छन् । 

शनिवार नागरिक आन्दोलनको अन्तरक्रिया कार्यक्रममा उनले भने, 'केही दिनभित्रै त्यो प्रक्रिया अगाडि बढाउँछु ।'

उनले थपे, ‘विरोधीले जे कुरालाई राम्रो भन्छ, त्यसलाई राम्रो ठान्नु हुन्न रे राजनीतिमा । विरोधिले जे नराम्रो ठान्छ त्यसलाई सकारात्मकरुमपा हेर्नुपर्छ रे । हिजो ओलीको कदमलाई असंवैधानिक र अलोकतान्त्रिक भनेर सडकमा भएका साथीहरुले हत्त न पत्त समर्थन फिर्ता नली है भनेर मलाई जबरजस्त दवाव दिनुभएको छ । झन् उल्टो पर्छ है भन्नुभएको छ ।’ 

सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटन उल्टाइदिएपछि आफूहरुले ठूलो लडाईं जितेको ठानेर रिल्याक्स गर्नु गल्ती भएको समेत बताएका छन् ।  

salt training

कमेन्ट गर्नुहोस्