२४ जेठ २०८३, आइतबार

राति रोटी तरकारी खाँदा बढ्छ तौल

चैत १५, २०७७
राति रोटी तरकारी खाँदा बढ्छ तौल

धेरै मानिस बिहान एकछाक भात खाएर राति चाहिँ रोटी तरकारी खाने गरेका छन् । 

तर स्वास्थ्यविद्हरूका अनुसार, राति रोटी तरकारी खाँदा मोटोपन बढ्छ र मधुमेह तथा कब्जियत जस्ता समस्या आइलाग्छन् । त्यसो भए राति के खाने त भन्ने प्रश्न उठ्छ । 

रोटीमा प्रशस्त्र मात्रामा कार्बोहाइड्रेट्स हुने भएकाले पचाउन मुश्किल हुन्छ । राति खाँदा रोटी पच्ने समय पाइन्न अनि नपचेको खानेकुराले अनेकौं रोग निम्त्याउँछ । 

रातिको खाना हलुका हुनुपर्छ । त्यो पच्न धेरै समय लाग्नुहुँदैन । शाकाहारीहरूले राति उमालेको तरकारी वा साग, सूप, सलाद, दलिया खाएको राम्रो हुन्छ । मांसाहारीहरूले ग्रिल्ड चिकन वा माछा खान सक्छन् । 

राति प्याज, बुर्काउली र बन्दाकोपी नखाएको राम्रो हुन्छ ।

डिनरमा धेरै मसला राखेको खानेकुरा नखानुस् । यसले पेट पोल्ने र अपच हुने समस्या निम्त्याउँछ । यसले निद्रा पनि प्रभावित हुन्छ । 

सुत्नुभन्दा कम्ती दुई घन्टा अघि खाना खाइसक्नुस् । 

खाना खाएपछि १५ मिनेट जति डुल्नुस् । 

खाना खाँदै गर्दा वा खाना खाएको एक घन्टासम्म पानी नपिउनुस् । 
 

salt training

कमेन्ट गर्नुहोस्