१२ असार २०८३, शुक्रबार

महाँकालमा आयो मेलम्चीको पानी, खुमलटार र अनामनगरमा पनि आजै आउने

महाँकालमा आयो मेलम्चीको पानी, खुमलटार र अनामनगरमा पनि आजै आउने
फाइल तस्वीर

काठमाडौंको महाँकाल क्षेत्रमा मेलम्चीको पानी वितरण शुरू भएको छ ।  आइतवार दिउँसो महाँकाल चौरमा रहेको ट्याङ्कीको भल्भ खोलेर पानी वितरण शुरू गरिएको हो ।

सुरुङ, सुन्दरीजलस्थित पानी प्रशोधन केन्द्र, चक्रपथमा बिच्छ्याइएको थोक वितरण पाइपलाइनहरूको सफल परीक्षण पश्चात महाँकाल चौरको ट्याङ्कीमा पानी आइपुगेको काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयूकेएल) ले जनाएको छ ।

यससँगै मीनभवन, अनामनगर र खुमलटार क्षेत्रमा  पनि पानी आजैबाट आउने लिमिटेडका प्रमुख कार्यकारी अधिकृत मिलन शाक्यले बताए ।

उनका अनुसार खुमलटारमा नयाँ पोखरी र अरु तीन स्थानमा पुरानो पोखरी रहेका छन् । अहिले कतिपय सञ्चारमाध्यमले एकैपटक सबैतिर र ठूलो परिमाणमा पानी आउने भने पनि त्यो सत्य नभएको उनले जानकारी दिए ।  

पहिलो चरणमा चार ठाउँमा गएपछि सुन्दरीजलबाट पानी दोस्रो चरणमा बालाजु पोखरीमा पठाइने लिमिटेडको तयारी छ ।

salt training

कमेन्ट गर्नुहोस्