१२ असार २०८३, शुक्रबार

क्यानडा : पुस्तकालयमा पढिरहेका मानिसमाथि चक्कु प्रहार, १ को मृत्यु

चैत १५, २०७७
क्यानडा : पुस्तकालयमा पढिरहेका मानिसमाथि चक्कु प्रहार, १ को मृत्यु

क्यानडाको एक पुस्तकालयमा मानसिक सन्तुलन गुमाएका व्यक्तिले पढिरहेका मानिसलाई बन्धक बनाएर चक्कु प्रहार गरेका छन् । 

घटनामा एकजनाको ज्यान गएको छ भने आठजना घाइते छन् । घाइतेहरूलाई उपचारका लागि अस्पतालमा भर्ना गरिएको छ । 
 

भ्यानकूभर क्षेत्रमा शनिवार यो घटना भएको हो ।

ग्लोबल न्युजको समाचारअनुसार, आरोपितलाई प्रहरीले पक्राउ गरेको छ । उसले एक्लै आक्रमण गरेको हो । 

किन उसले यस्तो जघन्य काम गरेको हो भन्ने खुलेको छैन । प्रहरीले उक्त व्यक्तिलाई सोधपुछ गरिरहेको छ ।
 

salt training

कमेन्ट गर्नुहोस्