
पछिल्लो २४ घन्टामा मुलुकभर ८९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
२ हजार १ सय १ पीसीआर परीक्षण गर्दा आइतवार ८९ जनामा कोरोना संक्रमण पाइएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको हो ।
यससँगै हालसम्म मुलुकभर २ लाख ७६ हजार ८ सय ३९ जनामा कोरोना संक्रमण देखिएको छ । यसमध्ये २ लाख ७२ हजार ५ सय ३० संक्रमित उपचारपछि निको भएका छन् ।
मन्त्रालयका अनुसार आइतवारमात्रै ९५ संक्रमित निको भएका छन् ।
आइतवार कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या शून्य छ । हालसम्म ३ हजार २७ जना संक्रमितको मृत्यु भएको छ ।