![चीनबाट आयो कोरोना विरुद्धको ८ लाख डोज खोप [तस्वीरहरू]](https://lktcdn2.prixacdn.net/media/coronakhop_NZuNrH48pm.jpg)
कोरोना भाइरसविरुद्धको चिनियाँ खोप काठमाडौं आइपुगेको छ ।
चीन सरकारले सहयोग गरेको ८ लाख डोज खोप सोमवार नेपाल आइपुगेको हो ।
राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगमको वाइडबडी ३३० जहाज खोप लिन आइतवार चीनको राजधानी बेइजिङ गएको थियो ।
खोप सोही जहाजले सोमवार विहान ल्याई पुर्याएको हो ।
नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले स्वास्थ्य तथा जनसंख्या मन्त्री हृदयेश त्रिपाठीलाई खोप हस्तान्तरण गरेकी छन् ।



तस्वीर सौजन्य : ओमप्रसाद उपाध्याय