×

NMB BANK
NIC ASIA

पछिल्ला केही वर्षमा लोक सेवा आयोगले विभिन्न पदका लागि गरेको विज्ञापनमा सबैभन्दा बढी दरखास्त दिनेदेखि परीक्षा उत्तीर्ण गरेर स्थायी पदका लागि सिफारिस हुने उम्मेदवार २ नम्बर प्रदेशका हुने गरेको पाइएको छ ।

Sagarmatha Cement
Muktinath Bank

भौगोलिक हिसाबले आयोगले पछिल्ला केही वर्षदेखि दरखास्त संकलन गर्नेदेखि उम्मेदवार छनोट गर्ने गरेको छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

आयोगले विभिन्न वर्षमा सार्वजनिक गरेको वार्षिक प्रतिवेदनले पछिल्ला केही वर्षदेखि दरखास्त दिनेदेखि परीक्षा उत्तीर्ण हुने संख्याका हिसाबले २ नम्बर प्रदेश नै अग्रपंक्तिमा देखिएको छ ।


Advertisment
Nabil box
Kumari

पछिल्लो १० वर्षमा लोक सेवा आयोगबाट भएका विज्ञापनमा ४६ लाख ५५ हजार १६३ जनाले दरखास्त दिएका छन् । जसमध्ये २३ लाख ६३ हजार ८० जना पुरुष तथा २२ लाख ९२ हजार ८३ जना महिलाले दरखास्त दिएका छन् । 

Vianet communication
Laxmi Bank

आर्थिक वर्ष २०६७/०६८ देखि २०७६/०७७ सम्ममा साढे ४६ लाख दरखास्त परेको हुन् । सबैभन्दा कम आर्थिक वर्ष २०७५/०७६ मा १ लाख ४३ हजार ८४० जनाले दरखास्त दिएका थिए भने सबैभन्दा बढी आर्थिक वर्ष २०७३/०७४ मा ८ लाख ४४ हजार २९७ जनाले दरखास्त दिएका थिए ।

आर्थिक वर्ष २०६७/०६८ मा १ लाख १० हजार ३०७ महिला र १ लाख ४१ हजार ३४४ पुरुषसहित कूल २ लाख ५१ हजार ६५१ जनाले दरखास्त दिएका थिए । आर्थिक वर्ष २०६८/६९ मा १ लाख १३ हजार ७८५ महिला तथा १ लाख ५७ हजार ७९२ पुरुषसहित कूल २ लाख ७१ हजार ५७७ जनाले दरखास्त दिएका थिए ।

आर्थिक वर्ष २०६९/७० मा १ लाख ७३ हजार ४१८ महिला तथा १ लाख ९५ हजार ३८७ पुरुषसहित कूल ३ लाख ६८ हजार ८०५ जनाले दरखास्त दिएका थिए । आर्थिक वर्ष २०७०/७१ मा २ लाख ५५ हजार २३४ महिला तथा ३ लाख ५ हजार ६८१ पुरुष गरी कूल ५ लाख ६० हजार ९१५ जनाले दरखास्त दिएका थिए ।

आर्थिक वर्ष २०७१/०७२ मा ३ लाख ६० हजार ५०६ महिला तथा २ लाख ३९ हजार १६२ पुरुषसहित कूल ५ लाख ९९ हजार ६६८ जनाले दरखास्त दिएका थिए । आर्थिक वर्ष २०७२/०७३ मा ३ लाख १८ हजार ५०३ महिला तथा २ लाख ७५ हजार ८७७ पुरुषसहित कूल ५ लाख ९५ हजार ३१ जनाले दरखास्त दिएका थिए ।

आर्थिक वर्ष २०७३/०७४ मा ३ लाख ८२ हजार ४८५ महिला तथा ४ लाख ६१ हजार ८१२ पुरुष गरी कूल ८ लाख ४४ हजार २९७ जनाले दरखास्त दिएका थिए ।

आर्थिक वर्ष २०७४/०७५ मा २ लाख ९६ हजार ७०४ महिला तथा २ लाख ७१ हजार १४९ पुरुषसहित कूल ५ लाख ६७ हजार ८५३ जनाले दरखास्त दिएका थिए । आर्थिक वर्ष २०७५/०७६ मा ७० हजार ५७८ महिला तथा ७३ हजार १७५ पुरुषसहित कूल १ लाख ४३ हजार ८४० जनाले दरखास्त दिएका थिए भने आर्थिक वर्ष २०७६/०७७ मा २ लाख ९ हजार ८२५ महिला तथा २ लाख ४१ हजार ७०१ पुरुषसहित कूल ४ लाख ५१ हजार ५२६ जनाले दरखास्त दिएका थिए । 

सबैभन्दा बढी दरखास्त २ नम्बर प्रदेशबाट

लोक सेवा आयोगले प्रदेशगत रूपमा संकलन गरेका दरखास्तमा सबैभन्दा धेरै २ नम्बर प्रदेशबाट दरखास्त आउने गरेका छन् । आर्थिक वर्ष २०७६/०७७ मा २ लाख ९ हजार ८२५ महिला तथा २ लाख ४१ हजार ७०१ पुरुषसहित कूल ४ लाख ५१ हजार ५२६ जनाले दरखास्त दिएका थिए ।

जसमध्ये १ नम्बर प्रदेशबाट ७४ हजार ३३८ जना, २ नम्बर प्रदेशबाट १ लाख ६ हजार ४०५ जना, बागमती प्रदेशबाट ४८ हजार ३०३ जनाले दरखास्त दिएका थिए । गण्डकी प्रदेशबाट ४७ हजार ९७३ जना, लुम्बिनी प्रदेशबाट ७७ हजार २२ जना, कर्णाली प्रदेशबाट ४६ हजार ७४३ जना र सुदूरपश्चिम प्रदेशबाट ५० हजार ७४२ जनाले दरखास्त दिएका थिए ।

आर्थिक वर्ष २०७५/०७६ मा पनि सबैभन्दा बढी दरखास्त २ नम्बर प्रदेशबाट नै आएका थिए । ७० हजार ५७८ महिला तथा ७३ हजार १७५ पुरुषसहित कूल १ लाख ४३ हजार ८४० जनाले दरखास्त दिएकामा सबैभन्दा बढी २ नम्बर प्रदेशबाट ४१ हजार ३३१ जनाले दरखास्त दिएका थिए ।

१ नम्बर प्रदेशबाट २५ हजार २०९, बागमती प्रदेशबाट १६ हजार १५८, गण्डकी प्रदेशबाट १२ हजार ११९, लुम्बिनी प्रदेशबाट २४ हजार ३६६, कर्णाली प्रदेशबाट ११ हजार ६८० र सुदूरपश्चिम प्रदेशबाट १२ हजार ९७७ जनाले दरखास्त दिएका थिए ।

आर्थिक वर्ष २०७४/०७५ मा पनि सबैभन्दा बढी २ नम्बर प्रदेशबाट नै दरखास्त संकलन भएका थिए । २ लाख ९६ हजार ७०४ महिला र २ लाख ७१ हजार १४९ जना पुरुषसहित कूल ५ लाख ६७ हजार ८५३ जनाले दरखास्त दिएका थिए ।

जसमध्ये १ नम्बर प्रदेशबाट ९५ हजार १७३, २ नम्बर प्रदेशबाट १ लाख ४३ हजार ५८०, बागमती प्रदेशबाट ६६ हजार ५४८, गण्डकी प्रदेशबाट ६३ हजार ५९९, लुम्बिनी प्रदेशबाट ९६ हजार १६६, कर्णाली प्रदेशबाट ५० हजार ५८३ र सुदूरपश्चिम प्रदेशबाट ५२ हजार २०४ जनाले दरखास्त दिएका थिए ।

सबैभन्दा बढी स्थायी सिफारिस २ नम्बर प्रदेशबाटै

पछिला वर्षमा लिखित परीक्षा पास भएर मौखिक (अन्तर्वार्ता) परीक्षामा समेत उत्तीर्ण भई स्थायी पदका लागि लोक सेवा आयोगले सिफारिस गरेका उम्मेदवारहरूमध्ये प्रायःजसो हरेक वर्ष २ नम्बर प्रदेशबाट नै बढी सिफारिस हुने गरेका छन् ।

आर्थिक वर्ष २०७६/०७७ मा ५६ महिला तथा २४८ पुरुषसहित कूल ३०४ जना उम्मेदवारहरू सिफारिस भएका थिए । जसमध्ये १ नम्बर प्रदेशबाट ४५ जना, २ नम्बर प्रदेशबाट ५४ जना, बागमती प्रदेशबाट ३५ जना सिफारिस भएका थिए । गण्डकी प्रदेशबाट ३८ जना, लुम्बिनी प्रदेशबाट ६१ जना, कर्णाली प्रदेशबाट ४१ जना, सुदूरपश्चिम प्रदेशबाट ३० जना सिफारिस भएका थिए ।

आर्थिक वर्ष २०७५/०७६ मा सबैभन्दा बढी २ नम्बर प्रदेशबाट नै उम्मेदवारहरू स्थायी पदका लागि लोक सेवा आयोगबाट सिफारिस भएका छन् । १ हजार ४४८ महिला तथा ३ हजार १२६ जना पुरुषसहित कूल ४ हजार ५७४ जना सिफारिस भएकोमा सबैभन्दा बढी २ नम्बर प्रदेशबाट नै सिफारिस भएका थिए ।

१ नम्बर प्रदेशबाट ६९७ जना, २ नम्बर प्रदेशबाट ९४० जना, बागमती प्रदेशबाट ५८३ जना सिफारिस भएका थिए । गण्डकी प्रदेशबाट ५११ जना, लुम्बिनी प्रदेशबाट ७६६ जना, कर्णाली प्रदेशबाट ६४६ जना, सुदूरपश्चिम प्रदेशबाट ३२८ जना सिफारिस भएका थिए ।

आर्थिक वर्ष २०७४/०७५ मा सबैभन्दा बढी २ नम्बर प्रदेशबाट नै उम्मेदवारहरू स्थायी पदका लागि लोक सेवा आयोगबाट सिफारिस भएका छन् । २ हजार ४६५ महिला तथा ५ हजार २५३ पुरुषसहित कूल ७ हजार ७१८ जना सिफारिस भएकोमा सबैभन्दा बढी २ नम्बर प्रदेशबाट नै सिफारिस भएका थिए ।

१ नम्बर प्रदेशबाट १ हजार १८९ जना, २ नम्बर प्रदेशबाट १ हजार ५६९ जना, बागमती प्रदेशबाट ८६४ जना सिफारिस भएका थिए । गण्डकी प्रदेशबाट ९४३ जना, लुम्बिनी प्रदेशबाट १ हजार १८ जना, कर्णाली प्रदेशबाट १ हजार १८ जना, सुदूरपश्चिम प्रदेशबाट ७८७ जना सिफारिस भएका थिए ।

hAMROPATRO BELOW NEWS
TATA Below
पुस ७, २०८०

नेपालीहरुको रोजगारीको आकर्षक गन्तव्य बनेको दक्षिण कोरियाका लागि आवेदकको बाढी देखिएको छ । ईपीएस मार्फत कोरिया जान १ लाख ४३ हजारभन्दा बढी नेपाली युवाले आवेदन फाराम  दिएका हुन् ।   ईपीएस को...

मंसिर ८, २०८०

नेपाली सेनाले विभिन्न रिक्त पदपूर्तिका लागि आवेदन माग गरेको छ । भर्ना छनोट निर्देशनालय, जंगी अड्डाले शुक्रबार सूचना जारी गर्दै सैन्य तथा विभिन्न ट्रेडका फलोअर्स पदहरूमा दरखास्त आह्वान गरेको हो ।  खुला तथ...

कात्तिक २७, २०८०

ओखलढुंगा पलापुका तुलबहादुर माझी सोमवार दिउँसो हतार-हतारमा थिए । आफ्नी बहिनीसँगै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुगेका उनी ओमान जाँदै थिए ।  तिहारको मध्य दिनमा देश छाड्नु पर्दा न दिदीबहिनी खुशी थि...

पुस १३, २०८०

 पानीजहाज निर्माण क्षेत्रमा आवेदन गरेका परीक्षार्थीले उत्पादन क्षेत्रको भाषा परीक्षामा पनि निवेदन दिन पाउने भएका छन् । वैदेशिक रोजगार विभागले आज एक सूचना जारी गरी उक्त व्यवस्था भएको जनाउँदै आवेदन बुझाउने म्...

मंसिर १६, २०८०

काठमाडौं महानगरपालिकाले करारमा २३० जना सुपरिवेक्षक तथा गणक माग गरेको छ । गरिब घरपरिवार पहिचानका लागि तथ्यांक संकलन गर्न सुपरिवेक्षक तथा गणक माग गरिएको महानगरले जनाएको छ ।  काठमाडौं महानगरभित्र ग...

मंसिर २२, २०८०

नेपाली सेनाले रिक्त पद पदपूर्तिका लागि आवेदन माग गरेको छ । भर्ना छनोट निर्देशनालय जंगी अड्डाले सूचना प्रकाशित गर्दै रिक्त पदमा आवेदन आह्वान गरेको हो ।  सूचनामा उल्लेख भएअनुसार प्राविधिक र विविध सेवातर्...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x