भारतको आजमगढमा भैंसीको दूधका कारण हंगामा मच्चिएको छ ।
भैंसीले कम दूध दिएपछि एक पक्षले अर्को पक्षमाथि आक्रमण गरेको छ । आक्रमणका क्रममा गोली चलेको छ । भारी मात्रामा प्रहरी तैनाथ गरिएको छ ।
उत्तर प्रदेशको आजमगढमा भैंसीको दूधका कारण यति ठूलो हंगामा होला भनी कसैले पनि सोचेको थिएन । भैंसी किनेको व्यक्तिले दूध कम आएपछि खरिदकर्ता रिसाए । भैंसी फिर्ता लिऊ भनी किन्ने मानिसले भनेपछि विवाद चर्कियो ।
घटना आइतवार भएको हो । धन्य, गोली चल्दा कसैलाई चोटपटक लागेको छैन ।
घटनाको सूचना पाएपछि जीयनपुर कोतवाल हेमेन्द्र सिंह घटनास्थल पुगेका थिए । उनी पुग्दा आरोपित फरार भइसकेको थियो ।
फहीम नामक व्यक्तिको घरमा गोली चलेको हो । सोनू नामक व्यक्तिले गोली चलाएको हो । सोनूले छतमा गएर गोली चलाउँदा कोठाभित्र गोली हानिएको छ ।
सोनूले भैंसी एक महिनाअघि किनेका थिए । किन्दाखेरी उनलाई भैंसीले सात महिनासम्म दूध दिने बताइएको थियो । तर १५ दिनपछि नै भैंसीले ७५ प्रतिशत दूध कम दिन थाल्यो ।
सोनूले भैंसी ४२ हजार भारुमा किनेका थिए । त्यही भैंसीको विवाद भएको हो ।
प्रहरीले एकजनालाई पक्राउ गरेको छ । अनुसन्धान जारी छ ।