२५ जेठ २०८३, सोमबार

ग्लोबल आइएमई बैंकले शुरू गर्‍यो रोल्पाको दरबोट बजारमा नयाँ शाखा रहित बैंकिङ्ग सेवा

ग्लोबल आइएमई बैंकले शुरू गर्‍यो रोल्पाको दरबोट बजारमा नयाँ शाखा रहित बैंकिङ्ग सेवा

ग्लोबल आइएमई बैंक लिमिटेडले रोल्पाकोे दरबोट बजारमा सोमबारदेखि नयाँ शाखा रहित बैंकिङ्ग सेवा सञ्चालनमा ल्याएको छ । यससँगै बैंकको शाखा रहित बैंकिङ्ग सेवाहरुको संख्या २५७ पुगेको छ ।

यस शाखा रहित बैंकिङ्ग सेवाको उद्घाटन त्यहाँ आयोजित एक समारोहबीच रोल्पा नगरपालिकाका मेयर पूर्ण के.सी.ले गरेका थिए । 

शाखा रहित बैंकिङ्ग सेवाबाट ग्रामिण क्षेत्रका बासिन्दाले स्थानीय प्रतिनिधि मार्फत विभिन्न बैंकिङ्ग सेवा लिन सक्नेछन् ।

यसबाट निक्षेप खाता खोल्ने, तोकिएको सीमासम्मको रकम जम्मा गर्ने तथा झिक्ने, आफ्नो खातामा रहेको मौज्दातको जानकारी लिने, कर्जाको व्याज भुक्तानी गर्ने, डिशहोम, सीडीएमए, यूटीएल, एनटीसी लगायतको महसुल भुक्तानी गर्ने, मोबाइल रिचार्ज गर्ने लगायतका सेवा लिन सक्नेछन् । 
 

salt training

कमेन्ट गर्नुहोस्