२४ जेठ २०८३, आइतबार

अब आत्मसमीक्षा गर्न प्रचण्ड–नेपाललाई पोखरेलको आग्रह

अब आत्मसमीक्षा गर्न प्रचण्ड–नेपाललाई पोखरेलको आग्रह

 एमालेका महासचिव तथा उपप्रधानमन्त्री ईश्वर पोखरेलले अब आत्मसमीक्षा गर्न माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र एमालेका वरिष्ठ नेता माधव कुमार नेपाललाई आग्रह गरेका छन् ।

नेकपा विघटनअघि  विग्रहकारी प्रवृत्ति र गतिविधि बेरोकटोक बढिरहेका बेला एकतालाई बचाउन धेरैले गरेको आग्रहलाई सम्झिँदै अब आत्मसमीक्षा गर्न उनले आग्रह गरेका हुन् ।

‘नेकपा रहेकै अवस्थामा विग्रहकारी प्रवृत्ति र गतिविधि बेरोकटोक बढिरहेका बेला पार्टी एकतालाई बचाउन थुप्रै साथीहरूले गर्नुभएको अनुनय विनयलाई सम्झँदै अब त आत्मसमीक्षा गर्न थाल्नुस्– माधव नेपाल र प्रचण्ड कमरेडहरू !’ उनले भनेका छन् ।

salt training

कमेन्ट गर्नुहोस्