
मेष
रोकिएका काम अगाडि बढ्लान् । मन खुशी हुने योजना बन्नेछ । नयाँ ठाउँको भ्रमण गर्ने अवसर मिल्ला ।
वृष
आर्थिक उन्नति हुनेछ । पुरानो रकम प्राप्त हुनसक्छ । पारिवारिक तनावले भने दु:ख दिनसक्ने योग छ ।
मिथुन
विवाद, तनाव बढ्ने र झमेलामा पर्न सकिन्छ । परिवारसँग समय व्यतित गर्दा राम्रो फाइदा हुनेछ। खर्चका स्रोतहरू बढ्नेछन् भने आम्दानीमा घाटा रहनेछ ।
कर्कट
पारिवारिक सन्दर्भमा अप्रिय वचन सुन्नुपर्ला । पेशागत उन्नतिमा सुस्तता देखिनेछ । नयाँ व्यक्तिहरूसँग प्रतिस्पर्धा हुने योग छ ।
सिंह
आफन्तजनको सुझावलाई बेवास्ता गर्दा दुःख पाइनेछ । व्यापारमा लाभ मिल्नेछ। परिवारजनबाट टाढिनुपर्ला । स्वास्थमा सामान्य गडबडी हुन सक्नेछ । भोजन प्राप्तिको योग बन्नेछ ।
कन्या
बुवाआमाको सल्लाह र सहयोगले फाइदा हुनेछ । ठूला योजनामा राम्रो खबर सुन्न पाइन्छ। व्यापारमा आकस्मिक धनराशि आउन सक्ला। व्यवसायमा लाग्नेहरूलाई विशेष फाइदा होला । नयाँ अवसरले पछ्याउनेछन् ।
तुला
आकस्मिक धन प्राप्त हुने योग छ। सोचे अनुसारको प्रगति नहोला । नयाँ ठाउँमा मान-सम्मान पाउने योग छ । प्रेममा नमिठो शब्द सुन्नुपर्ला। आँटे ताकेको काममा सामान्य सुधार हुनेछ ।
वृश्चिक
पठन- पाठनमा रुचि जाग्नेछ । समयलाई व्यवस्थापन गर्न नसक्दा दु:ख पाइने योग छ। लक्ष्य अनुसारको काम गर्न नपाउँदा मन दु:खी हुनेछ। साथीसँग राम्रो समय व्यतित हुनेछ। अरूका काममा समय बित्न सक्छ ।
धनु
पैसा फस्ने योग छ। नजिकका मान्छेले दु:ख दिँदा दिक्क हुनुपर्नेछ। नयाँ झमेलाले सताउन सक्छ । नयाँ काम गर्नुको साटो पुरानो काममा मेहनत गर्दा समय राम्रो नै रहला ।
मकर
व्यापारमा लगानी गर्दा विशेष फाइदा हुनेछ। भोजनमा नौलो परिकारले मन उत्साहित बनाउनेछ। रमाइलो ठाउँमा साथीहरूसँग घुम्ने अवसर मिल्नेछ ।
कुम्भ
शेयर बजारको क्षेत्रमा लगानी गर्दा सफलता मिल्नेछ। अधुरा, अपूर्ण कामले पूरा सफलता मिल्नेछ । कार्यालयमा चलाखीपूर्ण अभिव्यक्तिले काम सकुशल रूपमा सम्पादन हुनेछ ।
मीन
नवदम्पतीको हकमा दाम्पत्य जीवनमा सामान्य विवाद रहेनछ। विद्यार्थी वर्गमा पढाइमा रुचिको कमीले झमेलामा पर्न सकिएला । पेशागत फाइदा कमै होलान् ।
ज्यो.पं. घनश्याम पोख्रेल (९८४१४७९७०७)
[email protected]