११ असार २०८३, बिहीबार

रूरू जलविद्युतको आईपीओ बिक्री आजबाट खुल्यो, कति आवेदन दिने ?

रूरू जलविद्युतको आईपीओ बिक्री आजबाट खुल्यो, कति आवेदन दिने ?

रूरू जलविद्युत परियोजना लिमिटेडले शुक्रवार (चैत २०)बाट  धितोपत्रको प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) विक्री खुलेको छ ।

कम्पनीले सर्वसाधारणमा  प्रतिशेयर १०० अंकित मूल्यमा २० रुपैयाँ प्रिमियम थप गरी कुल १२० रुपैयाँमा शेयर निष्कासन गरेको हो ।

कम्पनीले कुल ४ लाख ७ हजार ७०६ कित्ता शेयर निष्काशन गर्न लागेको हो । जसमध्ये २ प्रतिशत अर्थात ८ हजार १५४ कित्ता  कर्मचारीलाई र ५ प्रतिशत अर्थात २० हजार ३८५ कित्ता सामुहिक लगानी कोषका लागि छुट्याएर बाँकी रहेको ३ लाख ७९ हजार १६७ सर्वसाधारणको लागि निष्कासन गरेको हो ।

उक्त आईपीओमा छिटोमा चैत २४ गतेसम्म र उक्त अवधिमा पूर्ण आवेदन नपरेमा वैशाख ३ गतेसम्म म्याद थप हुनेछ । कम्पनीको आईपीओमा लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम सम्पूर्ण कित्ताका लागि आवेदन दिन सक्नेछन् ।

कम्पनीको आईपीओमा नेपाल धितोपत्र बोर्डबाट स्वीकृती प्राप्त गरेका सम्पूर्ण सि आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका तोकिएका शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन् ।

कम्पनीले यसअघि स्थानीय आयोजना प्रभावित गुल्मी जिल्लाको स्थानीयको लागि  फागुन ७ गते देखि ४ लाख ७ हजार ७०५ कित्ता शेयर निष्काशन गरेर बाँडफाँड गरिसकेको छ। आईपीओ निष्काशनका लागि कम्पनीले धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धकमा एनएमबी क्यापिटललाई  नियुक्त गरेको छ ।

कम्पनीले हुग्दीहोलामा ५ मेगावाटको अपर हुग्दी खोला आयोजना निर्माण सम्पन्न गरि संचालन गरिरहेको छ । यो  आयोजनाले सन् २०१५ को मार्चदेखि विद्युत उत्पादन गरिरहेको छ ।

आईपीओ निष्काशनका लागि गराएको रेटिङ्गमा कम्पनीलाई इक्रा नेपालले इक्रा एनपी आईआर त्रिपल बी रेटिङ्ग प्रदान गरेको छ।

हाल ३२ करोड ६१ लाख ६४ हजार ४०० रुपैयाँ चुक्ता पुँजी  रहेको कम्पनीको स्थानिय बासिन्दा तथा सर्वसाधारणमा आईपीओ बिक्री गरेपश्चात् चुक्ता पूँजी ४० करोड ७७ लाख ५ हजार ५०० रुपैयाँ पुग्नेछ।

salt training

कमेन्ट गर्नुहोस्