०९ असार २०८३, मंगलबार

कट्रिनालाई मानिसहरूले किन भने ‘हटरिना’ ?

चैत २०, २०७७
कट्रिनालाई मानिसहरूले किन भने ‘हटरिना’ ?

बलिउड अभिनेत्री कट्रिना कैफ आजकल सार्वजनिक स्थानमा त्यति देखिन्नन् । 

त्यसैले उनलाई कतै देखेर पापाराजीले फोटो खिच्दा त्यो तस्वीर भाइरल हुन्छ र प्रशंसकहरू मुग्ध हुन्छन् । 
 

कट्रिना हालै बहिनी इसाबेलसँग डिनरका लागि मुम्बईको एक रेस्टुराँ पुगेकी थिइन् । उनको लूक एकदमै हट भएकाले मानिसहरूले उनलाई ‘हटरिना’ समेत भने ।
 

डेनिम मेड शोर्ट्स र सिल्क टपमा उनी निकै सुहाएकी थिइन् । चकलेटी कलरको टपमा स्पागेटी स्लीभ्स र काउल नेकलाइन थियो । त्यसले उनलाई सेक्सी टच दिएको थियो । 

यसका साथै उनले पारदर्शी सामग्रीबाट बनेको स्लिपअन हील्स लगाएकी थिइन् । उनले कपाललाई बीची बेब्स लूक दिएकी थिइन् । मेकअपमा उनले न्युड टोन दिएकी थिइन् । सेतो रंगको मास्कमा किस प्रिन्ट गरिएको थियो । 
समग्रमा उनको लूक पर्फेक्ट थियो ।
 

salt training

कमेन्ट गर्नुहोस्