२३ जेठ २०८३, शनिबार

प्रधानमन्त्री कार्यालय बसेको भवनमा सर्दै गृहमन्त्रालय, मन्त्री थापाले गरे निरीक्षण [फोटोफिचर]

प्रधानमन्त्री कार्यालय बसेको भवनमा सर्दै गृहमन्त्रालय, मन्त्री थापाले गरे निरीक्षण [फोटोफिचर]

गृहमन्त्रालय आगामी वैशाख १ गतेदेखि प्रधानमन्त्री कार्यालय रहेको भवनमा सर्ने भएको छ ।

गृहमन्त्रालय सर्न लागेको भवनको शुक्रवार गृहमन्त्री रामबहादुर थापा बादलले निरीक्षण गरेका छन् ।

वि.सं. २०७२ वैशाख १२ को भूकम्पले केही भाग भत्किएपछि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय तत्कालीन संघिय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको भवनमा सरेको थियो ।

सोही भवनबाट हालसम्म प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयको काम कारवाही हुँदै आएको थियो ।

कार्यालय भवनको पुनर्निर्माण सम्पन्न भएपछि प्रधानमन्त्री कार्यालय आफ्नै भवनमा सरेको छ ।

प्रधानमन्त्री कार्यालय सरेपछि त्यो भवनमा भने गृहमन्त्रालय सर्न लागेको हो ।

गृहमन्त्रालयको भवन मर्मत सम्भार गर्नुपर्ने भएकाले मन्त्रालयलाई प्रधानमन्त्री कार्यालय बसेको भवनमा सार्न लागिएको हो ।


 

salt training

कमेन्ट गर्नुहोस्