![राष्ट्रपति भण्डारीले गरिन् मेलम्चीको पानी वितरणको औपचारिक समुद्घाटन [फोटोफिचर]](https://lktcdn2.prixacdn.net/media/Melamchi_GUkczUcmTe.jpg)
राजधानीवासीका लागि बहुप्रतिक्षित मेलम्ची खानेपानी वितरणको औपचारिक उद्घाटन गरिएको छ ।
भृकुटीमण्डपमा धाराको टुटी खोलेर राष्ट्रपति विद्यादेवी भण्डारीले मेलम्चीको पानी वितरणको औपचारिक समुद्घाटन गरेकी हुन् ।
यद्यपि उपभोक्ताको धारामा पानी पुग्न भने गएको आइतवारबाटै शुरू भइसकेको छ ।
मेलम्चीको पानी पिउने राजधानीवासीको झण्डै ३ दशक पुरानो मृगतृष्णा अहिले आएर पूरा भएको हो ।
समुद्घाटन समारोहमा राष्ट्रपति भण्डारीका अलावा प्रधानमन्त्री केपी शर्मा ओलीको पनि उपस्थिति रहेको थियो ।
थप तस्वीरहरू :




