०१ असार २०८३, सोमबार

नवजात शिशु हत्या अभियोगमा महिला पक्राउ

नवजात शिशु हत्या अभियोगमा महिला पक्राउ

आफ्नै नवजात शिशुको कर्तव्य गरी हत्या गरेको अभियोगमा कास्कीमा प्रहरीले एक महिलालाई पक्राउ गरेको छ ।पक्राउ पर्नेमा बागलुङ ढोरपाटन नगरपालिका–३ घोसाखानी घर भई हाल अन्नपूर्ण गाउँपालिका–२ नौडाँडा बस्ने २२ वर्षीया गीता कुँवर सुनार रहेकी छन् ।

कुँबरले ४२ दिनको आफ्नै नवजात शिशुलाई कर्तव्य गरी मारेको अभियोगमा बिहीबार पक्राउ गरी कर्तव्य ज्यानसम्बन्धी कसुर अन्तर्गत थप अनुसन्धानको कार्य अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक सुवास हमालले जानकारी दिए ।

उनका अनुसार उनलाई कर्तव्य ज्यानसम्बन्धी कसूर अन्तर्गत आज जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गरी अनुसन्धान भइरहेको छ ।

salt training

कमेन्ट गर्नुहोस्