२७ जेठ २०८३, बुधबार

मायादेवी मन्दिर अवलोकनमा निस्किए प्रचण्ड (तस्वीरहरू)

मायादेवी मन्दिर अवलोकनमा निस्किए प्रचण्ड (तस्वीरहरू)

नेकपा माओवादी केन्द्रका अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लुम्बिनी पुगेका छन् । 

लुम्बिनीमा उनले मायादेवी मन्दिरको अवलोकन गरेको उनको निजी सचिवालयले जनाएको छ । 

पछिल्लो समय प्रचण्ड ‘फ्रेस’ हुनका लागि भन्दै विभिन्न ठाउँमा घुम्न निस्कने गरेका छन् । 

हालैमात्र उनले सिन्धुलीस्थित माओवादी केन्द्रकै नेता हरिबोल गजुरेलको निवास गएका थिए । 

लुम्बिनीस्थित मायादेवी मन्दिरको अवलोकनका क्रममा प्रचण्डले मन्दिरको भौतिक संरचना र पुरातात्विक स्थलहरूबारे जानकारी लिएका छन् । 

तस्वीरहरू : प्रचण्डको निजी सचिवालय

 

salt training

कमेन्ट गर्नुहोस्