०४ असार २०८३, बिहीबार

भारतबाट फर्केका व्यक्तिमा ‘भेरियन्ट’ कोरोना संक्रमण

चैत २१, २०७७
भारतबाट फर्केका व्यक्तिमा ‘भेरियन्ट’ कोरोना संक्रमण

भारतबाट फर्केका कञ्चनपुरको कृष्णपुर नगरपालिका–५ का एक पुरुषमा नयाँ प्रकारको (भेरियन्ट) कोरोनाको संक्रमण भएको पुष्टि भएको छ ।

२ हप्ताअघि भारतको कर्नाटकबाट फर्केका व्यक्तिमा नयाँ प्रकारको कोरोनाको संक्रमण भएको पाइएको स्वास्थ्य कार्यालय कञ्चनपुरका कोभिड पर्सन सिद्धराज भट्टले बताए ।

‘शुक्रवार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणको नतिजा आएको छ,’ उनले भने, ‘नतिजामा कृष्णपुरका एक जनामा नयाँ प्रकारको कोरोना संक्रमण देखिएको छ ।’

भेरियन्ट कोरोनाको संक्रमण भएका व्यक्ति घरमै आइसोलेसनमा बसेका छन् । उनको स्वास्थ्य अवस्था सामान्य छ ।

भारतको कर्नाटकबाट फर्केका उनी पश्चिमी सीमानाका गड्डाचौकी हुँदै भित्रिएका थिए ।

सुदूरपश्चिम प्रदेश सामाजिक विकास मन्त्रालयका अनुसार हालसम्म कञ्चनपुरका १ सहित डोटीको जोरायल गाउँपालिकाका १ र डडेल्धुराको परशुराम नगरपालिकाका १ जना गरी ३ जनामा भेरियन्ट कोरोनाको पुष्टि भएको छ ।

भेरियन्ट कोरोना भएका सबै जना घरमै आइसोलेसनमा बसेका छन् ।

salt training

कमेन्ट गर्नुहोस्