१२ असार २०८३, शुक्रबार

सरकारको नेतृत्व लिन कांग्रेस तयार छ : महामन्त्री कोइराला

चैत २१, २०७७
सरकारको नेतृत्व लिन कांग्रेस तयार छ : महामन्त्री कोइराला
फाइल फोटो

नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोइरालाले मुलुकको विद्यमान राजनीतिक समस्या समाधान गर्न र आवश्यक परे सरकारको नेतृत्व लिन पनि नेपाली कांग्रेस तयार रहेको बताएका छन् ।

गाईघाटस्थित लोकतान्त्रिक चौकमा शनिवार आयोजित नेपाल राष्ट्रिय मगर संघ १ नम्बर प्रदेशको भेलामा उनले भने, ‘नेकपा एमाले र माओवादी केन्द्र फुटेर झगडामा लागेपछि अहिले देशमा राजनीतिक संकटसँगै सरकार पनि संकटमा परेको छ ।’

महामन्त्री कोइरालाले अहिले देशको तत्कालीन अवस्थाको राजनीतिक समस्या समाधान गर्न र देशलाई संकटबाट बचाउनका लागि आवश्यक परे नेपाली कांग्रेसले सरकारको नेतृत्व गर्न तयार रहेको उल्लेख गर्दै कांग्रेसले मात्र देशलाई सही निकास दिन सक्ने दाबी गरे ।

‘५ वर्षका लागि कम्युनिस्टलाई जनताले मतदान गरेर बहुमत दिई सत्तामा पुर्‍याएका कारण कांग्रेसले प्रतिपक्षको मात्र धर्म निर्वाह गर्दै आएको छ तर अहिले देशको अवस्था झनै जटिल बन्दै गएकाले कांग्रेस सरकारको नेतृत्व लिन तयार रहेको छ,’ उनले भने । 

महामन्त्री कोइरालाले कांग्रेस सभापति शेरबहादुर देउवाको नेतृत्वमा अबको सरकार बन्न सक्ने र देशलाई निकाश दिएर आवश्यक परे ताजा जनादेशमा गई राजनीतिक निकास दिने बताए । मुलुकको प्रजातान्त्रिक आन्दोलनमा मगर जातिको ठूलो योगदान रहेको भन्दै उनले पछाडि परेका मगर जातिको उत्थानका लागि उनीहरूलाई राज्यको मूल प्रवाहमा ल्याउनुपर्नेमा जोड दिए ।

salt training

कमेन्ट गर्नुहोस्