२९ जेठ २०८३, शुक्रबार

आजको राशिफल : यस्तो हुनेछ तपाईंको दिन

आजको राशिफल : यस्तो हुनेछ तपाईंको दिन

मेष

आखा दुख्नसक्ने ग्रह छ, अनावस्यक मोवाइलको प्रयोग नगर्नुहोला । परिवारमा केहि बेमल देखिए पनि साँझको समय पश्चात मेल-मिलाप हुन सक्नेछ । आफ्नो वोलीले कसैको मन दुख्न सक्नेछ, सचेत रहनुहोला ।

वृष

दाम्पत्य जीवनमा समस्या केहीआउनेछ । मनमा जोश-जागर हराएर हुने काम पनि रोकिएला । साझेदारीकाममा पार्टनरको कुराले आर्थिक हानी होला, आफ्नो कुरामा नै अडानलिदा उपयुक्त रहला ।

मिथुन

स्वास्थमा केहि सुधार हुनेछ, मन खुशीभै कतै भ्रमणको योग बन्नेछ । जीवन-साथीको मधुर-वाणीले चिन्तित मनमा केहि राहत मिल्ला । कर्म-क्षेत्रमा मान-प्रतिस्था बढ्नेछ । ब्यापारमा केहि लगानीका ढोका खुल्नेछन ।

कर्कट

ब्यापारमा केहि घाटा हुन सक्नेछ, भगवानलक्ष्मीजीको फोटोमा बिहाननै धुप-अगरबत्ती वाल्नु होला । सन्तानहरुले सहयोग नगर्दा मनमा खिन्नताकोको अनुभुती रहनेछ, टाढाको मित्रसँग समय व्यतित गर्दा रचनात्मक कार्य बढ्नेछ ।

सिंह

सवारी साधन बिग्रन सक्छ, टाढाको यात्रा गर्नुपूर्व चेक-जाच गराएर मात्र अगाडी बढ्नु होला। कार्यालयमा आफुले जस नपाउदा मान दुखि हुनेछ । आर्थिक दृस्टीले ठुला कार्यहरु नगर्नुहोला ।

कन्या

मुद्दामामिलामा सफलता मिल्नेछ। आफ्ना सन्तानहरुले अचानक केहि उपलब्धी हासिल गर्दा मन प्रफुल्ल्लित रहनेछ । दाजु-भाईले सहयोग नगर्दा मन नैरास्यपूर्ण तरीकाले दिन बित्नेछ ।

तुला

आफ्नो वोलीको प्रभाव कम रहला, आफ्नो पैसामा अरुले गलत प्रयोग गर्लान, आर्थिक कारोवार नगर्दा नै उत्तम रहनेछ, आफ्नो घरेलु बाद- विवाद गोप्य  राख्नुहोला अरुहरु केवल रमिते मात्रै हुनेछन ।

वृश्चिक

स्वास्थमा प्रतिकूल असर रहला । अनावस्यक चिन्ताले सताउन सक्छ । पारिवारिक र बैवाहिक सुख मिल्नेछ  । चलाखीपूर्ण कदमले सम्भावित नोक्शानीवाट बचिन्छ ।

धनु

मिठो परिकारले भोजन सुखद रहला ।जीवन सुखी भए पनि मानसिक रुपले सुख कम नै हुन्छ । सवारीसाधन चलाउदा पनि सावधान रहनु होला । शत्रुहरुले खुट्टा तान्न सक्नेछन्, सतर्क रहनुहोला ।

मकर

द्रव्यनाश हुनसक्ला, घरबाट बाहिर ननिक्लदा नै उत्तम रहला किनमेलमा बढी धनराशी खर्च हुनसक्नेछ । विद्यार्थीहरुको पढाईमा उन्नति प्रगति देखिन्छ । साथीहरुसँग मिलन हुनेछ ।

कुम्भ

परिवारमा सुखद खबरको आगमन हुन सक्छ । पैसा थोरै भए पनि कुनै ठाउँबाट प्राप्त हुन  सक्ने योग छ । कर्मक्षेत्रमा काम बिग्रिनाले मनमा उर्जाको शिथिल अनुभव रहनेछ । आज आमाले भान्छामा  मिठो परिकार बनाउन सक्नुहोला ।

मीन

सन्तान, श्रीमतीसँग राम्रो समय बित्न सक्नेछ । कर्मचारीवर्गमा नोकरीमा मान सम्मान मिल्नेछ । पुरानो मित्रको भेटघाटले मन प्रफुल्लित रहला ।

ज्यो.पं. घनश्याम पोख्रेल (९८४१४७९७०७)

[email protected]

salt training

कमेन्ट गर्नुहोस्