
चितवनको इच्छाकामना गाउँपालिका–५ मुग्लिनका कुमार गुरुङले जिल्लाकै अग्लो भूमि सिराइचुलीदेखि सगरमाथासम्मको यात्रा शुरु गरेका छन् । समग्र चितवनको पर्यटन प्रवद्र्धन र गाउँपालिकाको चिनारीका लागि ‘सिराइचुलीदेखि सगरमाथासम्म’भन्ने मूल नाराका साथ जिल्लाकै अग्लो भूमि सिराइचुलीदेखि विश्वको सर्वोच्च शिखर सगरमाथासम्म आरोहणका लागि यात्रा शुरु गरेका हुन् ।
जिल्लाका विभिन्न पर्यटकीयस्थल अङ्कित लोगो फहराउने उद्देश्यका साथ शनिबारदेखि यात्रा शुरु गरिएको गुरुङले बताए । उनले जिल्लाको एकमात्र गाउँपालिकामा रहेको अग्लो भूमिबाट शुरु गरिएको यात्राले विशेष गरी गाउँपालिका र यहाँ रहेका पर्यटन क्षेत्रको प्रचारप्रसार हुने जानकारी दिए ।
सामुद्रिक सतहदेखि एक हजार ९४५ मिटर उचाइमा रहेको चितवनको सबैभन्दा अग्लो भूमि सिराइचुलीमा पुगेर सगरमाथा आरोहणको लागि अभियान शुुभारम्भ गरेको अभियानका संयोजक कृतिकुमार श्रेष्ठले बताए