२४ जेठ २०८३, आइतबार

घट्यो सुनचाँदीको मूल्य, कति छ आज ?

घट्यो सुनचाँदीको मूल्य, कति छ आज ?

नेपाली बजारमा सोमवार सुनको मूल्यमा सामान्य गिरावट आएको छ । 

सोमवार छापावाल सुनको मूल्य ८७ हजार २ सय रुपैयाँ प्रति तोला कायम गरिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । 

आइतवार यस्तो सुन प्रति तोला ८७ हजार ४ सय रुपैयाँमा कारोबार भएको थियो । 

आइतवारको तुलनामा सोमवार सुनको मूल्यमा २ सय रुपैयाँ गिरावट भएको हो ।

सोमवार तेजाबी सुन प्रति तोला ८६ हजार ७ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ । आइतवार यस्तो सुन प्रति तोला ८६ हजार ९ सय ५० रुपैयाँमा कारोबार भएको थियो । 

महासंघका अनुसार, सोमवार चाँदी प्रति तोला १ हजार २ सय ३५ रुपैयाँमा कारोबार भइरहेको छ । आइतवार चाँदी प्रति तोला १ हजार २ सय ४० रुपैयाँमा कारोबार भएको थियो । 

salt training

कमेन्ट गर्नुहोस्